साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी मंसिर १०।
गुल्मी २ एमालेको लालकिल्ला बनेको छ। प्रतिनिधी र प्रदेश सभाका तीन सिटमै एमाले बिजयी भएको छ । गठबन्धनको घेराकाबिच एमालेले प्रत्यक्ष र समानुपातिकामा आफुलाई अब्बल सावित गरेको छ ।
प्रत्यक्ष तर्फको मतपरिणामपछि अहिले एमालेले गाउँगाउँमा बिजय जुलुस गरिरहेको छ । भने समानुपातिक तर्फको मतगणना पनि सार्वजनिक भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा तर्फ समानुपातिकमा एमालेले सवैभन्दा बढि मत प्राप्त गरेको छ ।
प्रतिनिधी सभा तर्फको समानुपातिक मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेले २५ हजार १ सय ३० मत प्राप्त गरेर पहिलो दल बनेको छ । नेपाली काँग्रेसले १८ हजार ४ सय ५१, नेकपा माओवादी केन्द्रले पाँच हजार ४ सय ३७ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ हजार २ सय ६३ मत प्राप्त गरेको छ ।
एकिकृत समाजवादीले १ हजार ६ सय ३ मत प्राप्त गरेको छ । क्षेत्र नं २ को प्रदेश सभा तर्फको समानुपातिक मतगणना सुरु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend