साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं मंसीर ५ ।
ललितपुर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । सोमबार राति सकिएको मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी रहेको बताए।
एमालेका महर्जनले १९ हजार ८३४ मत प्राप्त गरेका गरेका थिए भने दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जन चौथो भएका छन् ।
निवर्तमान सांसद समेत रहेका उनले ९ हजार ५३९ मत पाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend