logo
  • शनिबार, भाद्र २० २०८३

नागरिक उन्मुक्ति पार्टी रुपन्देही चुनावी प्रचारप्रसारमा तिब्रता


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

उर्मिला यादव यात्री,भैरहवा, २७ कार्तिक ।

नागरिक उन्मुक्ति पार्टी रुपन्देहीले रुपन्देही क्षेत्र नम्बर ३ (क) लगायत जिल्लामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ ।यहि मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी रुपन्देहीले पनि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गतिविधिलाई तिब्रता दिएको पाटीकी प्रदेश सभा सदस्यको उम्मेदवार किरण गुप्ताले बताउनु भएको छ ।

जिल्लाको समग्र विकास,भ्रष्टाचार नियन्त्रण , संविधान संशोधन, नागरिकता बिधेयक, समाजमा सुशासन कायम गर्न, कृषि क्षेत्रको समग्र बिकास र किसानको समस्या समाधान लगायत जेष्ठ नागरिक र असहाय बालबालिकाको संरक्षण र ब्यवस्थापन , निशुल्क शिक्षा तथा स्वास्थ्यमा पहल ,छाडा पशु चौपाया र फोहोर ब्यवस्थापनको लागि आफ्नो उम्मेदवारी परेको भन्दै गुप्ताले मङ्सिर ४ मा हुने निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको ढकिया चिन्हमा मतदान गरि विजयी गराउन जिल्लावासीलाई अनुरोध गर्नु भएको छ ।

गुप्ताले आफुहरुले अहिले जिल्लाका अधिकांश भुभागमा गरेका चुनावी भेटघाट कार्यक्रममा आफ्नो पार्टी प्रती जनताको लहर बढ्दै गएको बताउनु भएको छ । पछिल्लो समयमा जनतामा आफ्नो पार्टी प्रती विश्वास बढ्दै गएको र रुपन्देही जिल्लाबाट जनताले आफुहरुलाई विजयी गराउने विश्वास व्यक्त गर्नु भएको छ ।

लामो समयसम्म जिल्लामा विभिन्न सामाजिक कार्यमा आवद्ध हुनु भएको प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार किरण गुप्ताले देशको निकास दिन सक्ने शक्ति नागरिक उन्मुक्ति पार्टी नै हुने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend