साझा नेटवर्क
साझा नेटवर्क, कतार कार्तिक २०।
परियार मित्रता समाज, कतारले हरिबोधनी एकादशीको अवसरमा देउसी भैलो तथा शुभकामना आदान–प्रदान विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
४ नोभेम्बर २०२२ शुक्रबार का दिन सनैया स्थित पेरीस हाइपर मार्केट नजिक रहेको फुलबारी रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष सालिक राम परियारको अध्यक्षतामा प्रमुख अतिथि ठाकुर कुमार परियारको आथ्यिता रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य समाजकी महिला उपाध्यक्ष उषा परियारले उपस्थितहरुलाई स्वागत गरेकी थिइन। कार्यक्रममा कतारमा स्थापित सामाजिक एवंम् बैचारिक संघ संस्थाहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति कतारका सभापति अजिज अली, प्रवासी नेपाली मंचका अध्यक्ष प्रभात त्रिपाठी ,नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष बुद्धी प्रसाद भण्डारी, कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापा क्षेत्री, गण्डकी प्रदेश समन्वय परिषदका उपाध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, दलित एकतासंञ्जाल कतारका अध्यक्ष किरण परियार, मनिष यादव लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा स्थानिय कलाकारले दमदार सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने उपस्थित दर्शकहरुले भरिपुर्ण मनोरञ्जनको आन्द लिएको देख्न सकिन्थ्यो साथमा नैमाती मौलिक बाजाको प्रस्तुतिले झनै दर्शकहरु उत्साहित देखिन्थे हल सांगितीमय बनेको थियो ।कार्यक्रममा समाजलाई स्थान कालदेखि बिभिन्न समय सहयोग गर्ने संस्थापक सदस्य एवंम् विभिन्न व्यक्तित्वहरुलाई दोसल्हा ओढाएर स–सम्मान गरिएको थियो ।
सोही अवसरमा कलाकारिता क्षेत्रबाट सहयोग गर्ने क्रमश रेशमा बि.क, साजना स्वणकार, कमला गुरुङ अमृत परियार, शान्ति ओली, पुकार थापा, भुवन परियार, सुजन परियारलाई सम्मान गरेको थियो ।
प्रमुख अतिथि ठाकुर कुमार परियारले संस्थालाई स्थापना गरि यहाँ सम्म पु¥याउने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै परियार मित्रताको बन्दुहरुलाई गोलबन्द बनाएर आपसी भाइचारको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले गठित गरिएको यस संस्थाले आज मलाई स–सम्मान गर्नुभएकोमा विशेष धन्यवाद दिए ।
अध्यक्ष सालिक राम परियारले कार्यक्रमको दौरानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए। कार्यक्रमको सहजिकरण सचिव सुनिल परियार गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend