logo
  • शनिबार, भाद्र २० २०८३

जनता समाजवादी प्रवास संगठनले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कार्तिक १६।
जनता समाजवादी पार्टीको प्रवास संगठन कतारले  संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गत ३१ अक्टोबर २०२२ का दिन पार्टी परित्याग गरेको घोषणा गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएको छ । आधुनिक नेपालको राजनीतिक इतिहासमा २०४६ सालको नेपाली जनताले संचालन गरेको प्रथम आन्दोलनले ल्याएको बहुदलीय प्रजातन्त्र दश बर्षिय माओवादी जनयुद्ध र २०६२/६३ को दोस्रो शान्तिपुर्ण ऎतिहासिक जनआन्दोलनले ल्याएको सङघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशी-समानुपातिक लगायतका उपलब्धिहरुलाई संस्थागत गर्दै बाँकी रहेका हक र अधिकारहरु सडक र सदन दुबै माध्यमहरुको समुचित प्रयोग मार्फत हासिल गर्दै समाजबादमा पुगेर छाड्ने अन्तिम लक्ष्य र उदेश्यका साथ एउटा मुद्दा र आस्था बोकेको विद्यमान राजनीतिक दलहरूसंग विभिन्न चरणहरुमा एकीकरण गर्दै ससफो,सपा हुँदै जसपासम्म आइपुग्दा साच्चिकै बैकल्पिक पार्टी निर्माण हुन लागेको महसुस भएको थियो। तर नेताहरूको सत्तालिप्सा चरीत्रको कारण व्यबहारमा त्यस्तो हुन सकेन ।

यति हुँदाहुँदै पनि विदेशी भुमिमा श्रम बगाएर नै हामिले हर्षाल्लासका साथ संगठन निर्माण र बिस्तारमा कुनै कन्जुस्याइँ नगरी अहोरात्र खट्दै आएको कुरा यहाँहरुमा सर्वबिदितै छ। तत्कालीन प्रधानमन्त्री खड्कप्रसाद ओलीले बर्तमान संविधानमा उल्लेखित सवैधानिक व्यवस्थाविरुद्ध असवैधानिक कर्तुत आपनाउदै पटकपटक जिवित संसदको हत्या गर्दै अग्रगामी पश्चगामीका नाममा पार्टी बिभाजित भई जसपा र लोसपामा परिणत हुनु तथा पछिल्लो पटक मन्त्रीमण्डल बिस्तार गर्दा मन्त्रीहरु फेरबदल गर्ने क्रममा फेरि नातावाद,कृपावाद र आर्थिक चलखेलको कारण पुन:बिभाजित भई जसपा परिणत हुनु पहिचान पक्षधरहरुको लागी अत्यन्तै दु:खद क्षण थियो ।

पाँच दलीय गठबन्धनको नाममा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको ठुलो क्षतिलाई मध्यनजर गर्दै आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उक्त पाँच दलीय गठबन्धनबाट अलग्गिएर आफैले करार गरेको प्रतिगमनकारी पार्टी नेकपा एमालेसंग नयाँ चुनावी गठबन्धनमा बाधिनुले अर्को गणितीय जोड-घटाउमा केही महत्त्व त राख्लान तर पार्टीले बोकेको बैचारिक तथा राजनीतिक नीति सिद्धान्त र पहिचानको सवालमा अत्यन्तै हानिकारक र प्रत्युत्पादक रहेको ठहर गर्दै उल्लेखित मिति देखि यस जनता समाजवादी पार्टीको प्रवासको संगठनबाट तल उल्लेखित भए बमोजिमको पदाधिकारीहरुले यसै विज्ञप्ति मार्फत उक्त पार्टी परित्याग गरेको घोषणा गर्दछौं ।

जसमा जसपाका १३ जनाले हस्ताक्षर गरेका छन् जसमा  बरिष्ठ उपाध्यक्ष प्रकाश आले मगर उपाध्यक्ष राज कुमार राई महिला उपाध्यक्ष देवि कुमारी मगर कोषाध्यक्ष गजेन्द्र खालिङ् सहकोषाध्यक्ष एक्का प्रसाद तामाङ (योगेन्द्र)गजेन्द्र सल्लाहकार नानिन्द्र राई सदस्यहरु क्रमस आशा राई,पक्र्तिक राई,डाडो माया शेर्पा राई,धर्मराज राई ,दावाङ्ग फुरी शेर्पा, विज्ञान राईले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend