logo
  • शनिबार, साउन ३० २०८३

नेपाल प्रहरीका एआईजी विज्ञानराज शर्मा एन्फाको अध्यक्ष पदमा लड्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

_dsc0129रवि रोषी, कतार असोज ३ ।
नेपाल प्रहरीका एआईजी विज्ञान राज शर्मा नेपाल फुटवल संघ (एन्फा) को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफु नेपाल प्रहरीको एआईजी भएपनि पुर्व खेलाडी भएकोले संघ र संघका पदाधिकारीमा विद्यमान विकृति विसंगतिका बारेमा प्रत्यक्ष तथा परोक्ष रुपमा सुक्ष्म अध्ययन गरेको हुनाले त्यसको समूल अन्त्य गरी विशुद्ध नेपाल फुटबल संघ बनाउने प्रतिज्ञाको साथ आफुले उम्मेदवारी दिएको बताए ।

लामो समयदेखि एन्फा विवादित र बदनाम हुँदै आएको हुनाले त्यसको शुद्धिकरणको लागि पनि आफुले सो जिम्मेवारी बहन गर्न चाहेको बताए । नेपाल प्रहरीको सेवामा आवद्ध रहेपनि खेलकुदको सुरक्षा व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको हुनाले एन्फाका बारेमा अति नै सुक्ष्म कोणबाट अध्ययन गरी उम्मेदवारी दिने निर्णय गरेको हुँ , उनले बताए ।

संघको अनुशाशन स्तरोन्नतिका लागि सामूहिक सरसल्लाह र सम्वादको निचोडलाई समेट्दै आर्थिक पारदर्शिता चुस्त राख्नु अबको पहिलो आवश्यकता रहेको बताउँदै खेलाडीहरुलाई मात्र नभै खेलप्रेमी युवाहरुलाई मनोबैज्ञानिक रुपमा चुस्त राख्न आफ्नो अर्को अभियान रहने बताए ।

आफु अध्यक्ष पदमा चयन भएको खण्डमा फुटबल खेललाई राजधानी केन्द्रित मात्र नगराई विभिन्न जिल्लाका फुटबल मैदानहरुलाई तारबार गरी संवर्धन गर्ने योजना रहेको पनि उनले खुलासा गरे । जिल्लाका विभिन्न गाउँका मैदान जहाँ फुटबल खेलिन्छ, तर खेलको स्तरोन्नतीको लागि आज सम्म कसैले ध्यान दिएको छैन, त्यहाँ आफुले उच्च महत्वका साथ खेलका लागि संरक्षित क्षेत्र तयार गर्न सकियो भने र युवाहरुलाई खेलप्रति आकर्षण गर्न सकियो भने कुलतमा फस्ने उमेरका किशोर किशोरी र युवायुवतीहरुको रहनसहनमा पनि ठूलो मनोबैज्ञानिक परिवर्तन आउने बताए ।

काठमाण्डुको मुटुमा अवस्थित दशरथ रंगशाला रेखदेखको कमीले जंगल,झाडीको रुपमा परिणत हुनुमा राष्ट्रिय खेलकुद परिषदको अनदेखा प्रवृति हो । यो उसको प्राविधिक उत्तरदायित्व भएको हुनाले राखेपलाई पनि झक्झकाएर भोलिका दिनमा जिम्मेवारी बोध गराउनु अर्को पाटो रहेको उनले खुलाए । खेलाडीहरुलाई श्रोत साधन सम्पन्न गराईयो भने यिनै खेलाडीहरुबाट एन्फाले ठूलो प्रगतीको आशा राख्न सक्छ ।

एक बर्षे कार्यकाल भएपनि ३ बर्षे योजना लिएर आफु अगाडि बढेको बताउँदै एआईजी शर्माले फुटबल खेल जगतबाट प्रगति र किर्तीमानको आशा राख्ने भने समूल परिवर्तन आजको अपरिहार्य बनेको हुनाले एन्फालाई विवाद रहित बनाई चारित्रिक हिसावले विवादरहित विशुद्ध संस्थाको रुपमा स्थापित गर्न आवश्यक परे आफुले नेपाल प्रहरीको वहालवाला पदबाट बर्दी खोलेर भने पनि परिवर्तन र शुद्धिकरणको लागि आफु मैदानमा उत्रिन तयार भएको बताए ।

नेपालको राष्ट्रिय स्तरको खेल र एशियन फुटबल खेलमा डिफेन्स पोजिशनबाट लगायत विश्वकप क्लालिफायर खेल्दै आएको शर्माले फुटबल खेलका प्राविधिक पक्षमा पनि आफ्नो विशेष दख्खल रहेको बताउँदै एन्फाको अध्यक्ष पदमा आफुलाई सक्षम र योग्य ठानेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend