logo
  • शनिबार, भाद्र २० २०८३

अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा अलि


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार असोज ३०।
अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज, कतारको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । सन २०१८ मा तदर्थ समिति निमार्ण गरी विभिन्न कामहरु गर्दै आएको समाजको १४ अक्टोवर २०२२ शुक्रबारका दिन दोहा स्थित क्राउन प्लाजाको सभाहलमा सम्पन्न प्रथम अधिवेशनबाट अमजत अलिको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रथम राष्ट्रिय अधिबेशनबाट उपाध्यक्षमा अख्तर हुसैन गद्दी, रहमत हुसैन, ईशा अलि, अब्दुल रहमान, महिला उपाध्यमा अमीना खान, सान्नोवर जहा, महासचिव अक्बाल मियाँ, सचिव जासीम मियाँ, हनीफ साहीन, कोषाध्यक्ष फुरकान अलि, सह कोषाध्यक्ष मौलाना नजीर मियाँ, युवा संयोजक महबुब आलम, महिला संयोजक हाजेरा खातुन त्यस्तै सदस्यहरुमा नुर मोहम्मद खान, ज्याहुल हक मियाँ, रेहान खान, मोहम्मद हसमत अलि, आशिम अन्सारी, रहमत अलि, मजीबुल राईन, खदिजा खातुन (महिला) तैयब मियाँ, हबीब राईन, मुस्ताक अन्सारी चयन भएका छन ।

समाजका कावा अध्यक्ष अब्दुल करिम मिँयाको सभापत्वि तथा माननिय समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनमा नेपाली दुतवास कतारका महामहिम राजदुत डा.नरेश बिक्रम ढकाल, धर्मगुरु लगायत विभिन्न वैचारिक संघ-संस्थाहरु, प्रदेश सस्थाहरु, जिल्ला संस्थाहरुका प्रतिनिधि, पत्रकारहरु, समाजसेवी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा एक दर्जन बढी वक्ताहरुले बोलेका थिए । सोहि अवसरमा विभिन्न संघ-संस्था तथा व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो ।

महामहिम राजदुत डा. नरेश बिक्रम ढकालले हाम्रो सहभागिता रहेको हुदाँ फिफालाई सफल बनाउनु हाम्रो पनि कर्तव्य रहेकोले सबैबाट सहयोगको अपेक्षा गरेको बताए । कतार सरकारले फिफालाई सफल बनाउन विभिन्न समयमा जानकारी दिने गरेको हुँदा सुचनालाई हाम्रो समुदायका दाजुभाई तथा दिदिबहिनीलाई सेयर गरी सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै अन्सारीले हामी कर्मभुमिमा लामो समयदेखि पसिना बगाएर कमाएको पैसा पठाएर रेमिटेन्सले देशको अर्थतन्त्रलाई बलियो बनाएको छ । परदेशबाट पठाएको रेमिटेन्सले देश धानेको अवस्था छ । देशमा उचित रोजगारको व्यवस्था गर्न सकिएमा सबैलाई परदेश आउन पर्ने थिएन, यसमा राज्यले ध्यान दिनुपर्ने बताए । 

अन्तमा कार्यक्रमलाई समापन गर्दै सभापति मिँयाले प्रथम अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तवरबाट सहयोग पुराउने तथा कार्यक्रममा प्रत्यक्ष उपस्थिति भएर सभ्य र भव्य रुपमा सफल बनाउन महत्वपुर्ण भूमिका खेल्नुहुने सबैप्रति आभार तथा धन्यवाद प्रकट गरे । समाजका उपाध्यक्ष अख्तर हुसेनको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमलाई महासचिव अजमत अलिले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend