logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा कुनै पनि उम्मेदवार विरुद्ध परेन उजुरी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल, गुल्मी असोज २५ ।
गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवारहरु माथि उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारी बिरुद्ध दाबि/विरोध गर्ने समय रहेको थियो । तर कुनै पनि उम्मेदवारको विरोधमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवम् प्रदेश सभा निर्वाचनका लागि गुल्मीमा कुल ६६ जनाको उम्मेदवारी परेको छ । जसमा क्षेत्र नम्बर १ मा ११ र क्षेत्र नम्बर २ मा १३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नम्बर १ को ‘क’ मा ११, ‘ख’ मा १२, क्षेत्र नम्बर २ को ‘क’ मा १० एवम् ‘ख’ मा नौ जनाको उम्मेदवार परेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गतेसम्म उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend