साझा नेटवर्क
साझा नेटवर्क, कतार।
नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा लुम्बिनी प्रदेश समन्वय परिषद कतारले टिका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
०५ अक्टोबर २०२२ बुधबारका दिन सनैया स्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सहभागितामा दशैं विशेष कार्यक्रमा गरेको हो। कार्यक्रममा परिषदका संरक्षक कमलमणि गुराँगाइको प्रमुख आतिथ्यमा उहाँको जीवन संगीनी द्वयको हातबाट टिका ग्रहणको सुभारम्भ गर्नुका साथै उपस्थिहरुले आ-आफ्ना मान्यजनहरुमा टिका ग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा परिषदका संरक्षक सदस्य क्रान्ति सिंह, मोहम्मद मुक्तदा मुसलमान, प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार दिप जङ्ग शाह, अनुशासन बिभाग सदस्य वसन्त राज पुरी, कृष्ण शाह लगायत लुम्बिनी प्रदेश बासीहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सहभागीहरुले अग्रज मान्यजनहरुबाट टीका ग्रहण गर्नुभएको थियो। बुद्ध भुमिकपिलवस्तु सेवा समाज, कतार महासचिव राजेन्द्र पाण्डे,परिषदका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, संरक्षक सदस्य मोहम्मद मुक्त्दा मुसलमान, क्रान्ति सिंह, संरक्षक कमलमणी गुराँगाइले सुभकामना मन्तव्य राख्नुभएको थियो। भने सहभागी संस्थाहरु अर्घाखाँची सेवा समाज,कतार ,गुल्मी सेवा समाज ,कतार प्युठान सेवा समाज, कतार ,पाल्पाली सेवा समाज, कतार।
समाज सेवा अभियान रुपन्देही, दाङ देउखुरी सेवा समाज,कतार, रोल्पा जलजला सेवा समाज, कतार,बुद्धभुमि कपिलवस्तु सेवा समाज, कतार, बाँके सेवा समाज, कतार, नवलपरासी सेवा समाज, कतारको लगायत प्रदेश बासीहरु दाजुभाई दिदीबहिनीको उल्लेखनीय उपस्थित रहेको थियो । प्रवासमा रहेता पनि आफ्नो सास्कृतिक परम्परालाई संस्थागत गर्दै अग्रजहरुबाट टिका ग्रहण गरि एक आपसमा खुशी साटासाट गर्न पाउँदा उत्साहित देखिन्थे।
अन्तममा कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष बुद्व पाण्डेले आपसी भाइचाराको सम्बन्धलाई अझै प्रगाढ होस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए। सफल बनाउन विभिन्न समयमा खटिनु हुने सम्पुर्ण प्रदेश परिषद सदस्य एवम् कार्यसमिति पदाधिकारीहरुलाई हार्दिक धन्यवाद प्रकट गर्नुभएको थियो। कार्यक्रम संयोजक परिषदका बरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराई कार्यक्रमको सहजीकरण महासचिव टेकराज थापाले गर्नुभएको थियो ।














© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend