logo
  • शनिबार, भाद्र २० २०८३

तमु प्ये ल्हु संघ कतारको आठौं बार्षिकोत्सब सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा कतार।
शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ भन्ने नाराका साथ् स्थापना भएको तमु (गुरुङ) तमु प्ये ल्हु संघ कतार शाखाले आफ्नो आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ।
तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघले २३ सेप्टेम्बर २०२२ शुक्रबारको दिन दोहाको सल्वारोड़ कराची ग्रील हाउसको सभा हलमा संघ अध्यक्ष चन्द्र ल्हेगे तमुको सभापतित्वमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा स्थापित संघ संस्थाहरुका प्रमुख एवंम् सामाजिक व्यक्तित्वहरुको उल्लेखनीय उपस्थित रहेको थियो। बैदेशिक रोजगार नेपालका कतार प्रतिनिधि योगेन्द्र तामाङ, नेपाल तामाङ घेदुङग प्रवास शाखाका वरिष्ठ उपाअध्यक्ष वाङजु लामा,स्याङ्जा सहयोग समाजका अध्यक्ष प्रकाश परियार, दुर्गा बहादुर भुजेल, टौमाया तमु, बिल गुरुङ, गण्डकी प्रदेश समन्वय परिषद कतार अध्यक्ष राकेश श्रेष्ठ, नेपाली महिला समाजकी उपाध्यक्ष माया केसी, संघिय लिम्बूवान समाजिक मन्च कतारका सचिब दिपेन लिम्बू, जन प्रगतिशील मन्च कतार अध्यक्ष बुद्धि प्रसाद भण्डारी, जन सम्पर्क समिती कतार अध्यक्ष मोहम्मद अजिज अलि, प्रवासी नेपाली मन्च कतार महासचिव विनेश तामाङ, नेपाल प्रबासी आदिबासी जनजाती महासंघ कतार प्रथम उपाध्यक्ष डीएन मगर,युद्ध जंग पह्च्यु तमु लगाएतले  सुभकामना मन्तव्य राखेका थिए क्रममा संस्था प्रति सद्वाव सहकार्यको प्रतिबद्धा सहित संघको खुलेर प्रशंसा गरेका थिए।
उक्त कार्यक्रममा सांस्कृतिक बिभागका कलाकारहरुले आ-आफ्नो प्रस्तुति राखेका थिए कार्यक्रम संगीतमय देखिन्थियो लोक दोहोरी गीत प्रतिष्ठान कतारका अध्यक्ष शिबाराम ढकालको सालै जो बोलको गीतमा दर्शकहरु छमछमी नचाएको देखिन्थियो भने कार्यक्रम प्रती खुलेर प्रसंशा गर्दै प्रमुख अतिथी मोहम्मद मुक्तदा मुसलमानले आफ्नो मौलिक पहिचान र एतिहासिक सम्पदाहरुको बिकास र प्रबर्द्वन गर्नु पर्ने सुझाब दिएका थिए।

कार्यक्रममा कलाकारहरुलाई कदर पत्र द्वारा स-सम्मान गरेको थियो। एलिना गुरुङ, नेपाल तामाङ घेदुङ कतारकी कलाकार गायिका सपना तामाङ, तमु (गुरुङ) समाज कतारका कलाकारहरु सलिना गुरुङ, रेजिना गुरुङ, गोबिन गुरुङ, धिजन गुरुङ, प्रकाश गुरुङ र रबिन गुरुङले  आफ्ना प्रस्तुतिहरु राखेका थिए भने राष्ट्रिय लोक दोहोरी गित प्रतिस्ठान नेपाल कतार अध्यक्ष शिवराम ढकालले सलैजो गितमा दर्शकलाई मनोरञ्जन गराएका थिए।

अन्तमा कार्यक्रम सभापति एवं संघको अध्यक्षबाट आमन्त्रित कार्यक्रम ब्यबस्थापनको लागि अहोरात्र खटिनु हुने सम्पूर्ण,सल्लाहकार समितिको सदस्यहरु, विभागीय संयोजक, सहसंयोजकहरु, सम्पूर्ण केन्द्रीय समितिको पदाधिकारीहरु, नबआगन्तुक, शुभचिन्तक र सदस्यहरुक सम्पूर्णमा हार्दिक धन्यवाद  प्रकट गरेका थिए  भने कार्यक्रमको सहजीकरण संघका सचिब फलेन्द्र थिमे तमुको  रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend