साझा नेटवर्क
रबिन थापामगर, दोहा कतार असोज ०२ ।
इस्लाम धर्मालम्बीहरुको महान चाड बकर इदको उपलक्ष्यमा मार्सिगालिया युथ क्लब द्धारा आयोजित खुल्ला भलिबल प्रतियोगितामा धनकुटा प्रवासी सेवा समाज कतारको भलिबल टिमले प्रथम स्थान हासिल गरि क.रि.२५००।– (ने.रु. करिब ७५ हजार) नगद, ट्रफि र प्रमाण पत्र हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा कतारका रहेका विभिन्न संस्था र क्लबका गरि १९ टिमको सहभागिता रहेको थियो । बकर ईदमा २ दिन सम्म चलेको खेलमा बाग्लुंग बुर्तिबाङ्ग लाई हराउँदै धनकुटाले बाजी मारेको हो ।

कतारमा रहेका नेपालीहरु माझ अत्यन्त लोकप्रिय खेल भलिबल डिउटी सकेपछिको खाली समयमा आफ्नै क्याम्प वा खालि स्थानमा समुह बनाई खेल्ने गर्छन । टिमको संयोजन, अनुशासन र कडा मेहनतले यो जित सफल भएको धनकुटाका टिम ब्यबस्थापक कुमार घिमिरेले बताउनु भयो ।

यसै बिच गत शुक्रबार धनकुटा प्रवासी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरि विजयी खेलाडी, प्रशिक्षक र ब्यबस्थापकलाई सम्मान गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष ललित लिम्बुको अध्यक्षतामा र सल्लाहकार संयोजक तुलसी सुबेदीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रम महासचिव रञ्जिब थापाले संचालन गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend