logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा मनाईयो १०९औं विपी जयन्ती


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, असोज १ ।
नेपाली जनसम्पर्क समिति कतारले नेपाली राजनीतिका मूर्धन्य स्रष्टा जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०९औं जन्म जयन्ती  विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । समितिले जन्म जयन्तीका अवसरमा साहित्यिक रचना वाचन, शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम गर्दै मनाएको हो । समितिका सभापति अजिज अलीको सभापतित्व तथा संस्थापक सभापति एवं नेपाली कांग्रेसका महासमिति सदस्य नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
जयन्तीका अवसरमा अनेसास कतार, नवोदित साहित्यिक वाचनालय तथा सन्ध्या ग्रुप अलखोरका साहित्यकारहरूले आफ्ना सिर्जना वाचन गरेका थिए । सोम थापाले सहजीकरण गरेको रचना वाचन अन्तर्गत बिन्दा लामा, सानु थपलिया, तेजी लाल मण्डल, देवेन्द्र खतिवडा, खेमराज सुवेदी, शाकिर अलि, नारायण भण्डारी, प्रकाश पाठक योगी, विमल सुबेदी, दीप मीलन, तिलु शर्मा पौडेल, मणि पौडेल, दिलीप पराजुली, शेखर बस्नेत, गणेश क्षेत्री, अर्जुन पौडेल, माया केसी, निरन नेपाल, सिताराम थापा तीर्थ सङ्गम राईले आफ्ना सिर्जना वाचन गरेका थिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ एनसीसी र आइसिसीका विभिन्न पदमा निर्वाचित कार्यसमिति सदस्य तथा पदाधिकारीहरूलाई सम्मान गरेको थियो । स्वागत नृत्य पेस गर्ने सन्ध्या अर्याल, साङ्गीतिक प्रस्तुति दिने क्रिजल पन्थी, जिया हमाल र कृष्ण दर्लामीलाई पनि सम्मान गरेको थियो । रचना वाचन गर्ने सबै साहित्यकार सहित समन्वयकारी संस्था अनेसास र नवोदित साहित्यिक वाचनालय कतारलाई पनि पारिश्रमिक सहित सम्मान गरिएको थियो ।

व्यानर अनावरण, दीप प्रज्वलन राष्ट्रिय गान सहित विधिवत रूपमा सुचारु गरिएको कार्यक्रममा कार्यक्रमका संयोजक तथा उपसभापति ठाकुर कुमार परियारले स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए । महामन्त्री केदार भुसालले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति अलीले कार्यक्रम व्यवस्थापनमा खट्ने तथा उपस्थिति सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिँदै कृतज्ञता प्रकट गरेका थिए ।

कार्यक्रममा संस्थापक प्रमुख सल्लाहकार एवं पूर्व महासमिति सदस्य बद्री पाण्डे, संस्थापक महामन्त्री एवं महासमिति सदस्य विमल सुबेदी, महाधिवेशन प्रतिनिधिहरू क्रान्ति सिंह, शङ्कर न्यौपाने, प्रवीण गुरुङ र राज रेग्मी, पूर्व महाधिवेशन प्रतिनिधि, संस्थापक एवं सल्लाहकार, पूर्व पदाधिकारीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कतारमा रहेका वैचारिक सङ्गठनका प्रमुख, एनआरएनए आइसिसी, एनसिसी लगायत दोहामा स्थापित सम्पूर्ण विद्याका संघ-संस्था प्रमुख तथा प्रतिनिधि, समाजसेवी, वुद्धिजीवी, पत्रकार, इकाई तथा विभागहरू र आस्थावानहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend