logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा आगामी शुक्रवार वृहत “रक्तदान” कार्यक्रम हुँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा भदौ २८ ।
कतारमा आगामी सेप्टेम्बर १६ तारिख शुक्रवारका दिन वृहत ‘रक्तदान” कार्यक्रम हुने भएको छ । “रक्तदान नै जीवन दान हो, रक्तदान गरौं परोपकारी कार्यमा सहभागी होऔं” भन्ने नाराका साथ समाज सेवा अभियान रुपन्देही कतारले “वृहत रक्तदान” कार्यक्रम आयोजना गरेको हो ।
हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा आयोजना गरिएको उक्त कार्यक्रम हमाद अस्पताल ब्लड डोनर सेन्टरसँगको समन्वयमा आयोजना गरेको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक बिष्णु बहादुर खड्काले साझा नेटवर्कसँगको संक्षिप्त कुराकानीका क्रममा बताए ।

कतारमा स्थापित प्रदेश संस्थाहरु, वैचारिक संस्थाहरु, जिल्ला संस्थाहरु, विभिन्न जातीय संस्थाहरु, पत्रकारहरू, वुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीलाई कार्यक्रममा उपस्थित भएर रक्तदान गरिदिन कार्यक्रम सह संयोजक सुचित्रा शर्माले अनुरोध गरेकी छिन ।

रक्तदान कार्यक्रम स्थानीय समयानुसार बिहान ८ बजेदेखि १२ बजेसम्म मात्रै रहने हुँदा समयमै उपस्थिति जनाउन समेत आयोजक समाज सेवा अभियान रुपन्देहीका महासचिव शंकर न्यौपानेले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend