साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ १८ ।
नेपाली काग्रेस क्षेत्रिय समिति क्षेत्र नं. २ बागलुङले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि उमेद्वार सिफारिस गरेको छ। जस अनुसार प्रत्यक्ष निर्वाचन तर्फ प्रतिनिधि सभामा डा. आरजु राणा देउवा, गणेश शेरचन, जित बहादुर शेरचन, टेकराज पौडेल, देवि प्रकाश भट्टचन, दोर्ण कुमार कुवँर, नर बहादुर पुन (निरज), राम प्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंह बहादुर रानालाई सिफरिस गरेको हो ।
समानुपातिक तर्फ तारानाथ पौडेल, तुलासिंह घर्ति मगर, देवि प्रकाश भट्टचन र रेनुका काउचालाई सिफारिस गरेको छ। त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. २ क को लागि प्रत्यक्ष तर्फ उमेश गौतम, कृष्ण प्रसाद गौतम, कृष्ण बहादुर घिमिरे, घनश्याम गौतम, डण्डपानी कँडेल, डिलाराम शर्मा, तिल बहादुर अधिकारी, ध्रुवराज गौतम, फम बहादुर खत्री, विरजंग भण्डारी, मञ्जेश वम मल्ल, मुकुन्दसिँह भण्डारी, याम बहादुर श्रीस र राम प्रसाद कँडेललाई सिफारिस गरेको छ।
त्यस्तै समानुपातिक तर्फ अम्मर बहादुर श्रीस, गिता श्रीस काउचा थापा, माया कुमारी केसि, राधिका पुन, सुरेन्द्र वम मल्ल, हिरा बहादुर घर्ति मगरलाई सिफारिस गरेको छ। प्रदेश सभा ख तर्फ अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौड्याल, देवेन्द्र कुमार घर्ति, शैलेस घर्ति मगर र सागर छन्त्याललाई सिफारिस गरेको छ। भने समानुपातिक तर्फ तुलासिंह घर्ति मगर, नरजङ्ग घर्ति मगर, दिलमाया पौवि, मेषलाल शर्मा, सिता कुमारी शर्मा र हितदेवी घर्तिलाई सिफारिस गरेको काँग्रेसले जनाएको छ।
यस्तै निर्वाचनमा गठवन्धन भएपनि उमेदवार नेपाली काग्रेसकै हुनुपर्ने नेपाली काग्रेस बागलुङ क्षेत्र नं. २ ले जनाएको छ। आज भएको बैठकले यस क्षेत्रमा नेपाली काग्रेसको संगठन वलियो रहेको भन्दै, काग्रेसकै उमेदवार हुनुपर्ने माग सहित क्षेत्रिय कार्यसमितिको नेतृत्वमा केन्द्रिय कार्यालयमा धर्ना गर्ने निर्णय गरेको छ। आज बुर्तिवाङमा वसेको क्षेत्रिय समितिको वैठकमा उमेद्वार सर्वसम्मत हुन नसकेपछि उमेद्वार हुन चाहने सवैको नामावली सिफारिस गरेको हो।
उमेद्वारको आकांक्षा राख्नेले प्रतिनिधि सभा सदस्यको लागि १५ हजार र प्रदेश सभाको लागि १० हजार पार्टीलाई बुझाएका छन्। वैठक क्षेत्रिय अध्यक्ष जोकलाल वुढाको अध्यक्षता तथा सचिव धर्म घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend