logo
  • शनिबार, भाद्र २० २०८३

स्वामी रामदेव र आचार्य बालकृष्णले “हाम्रो गौरव अवार्ड-२०२२” बाट सम्मानित गरे गोर्खाली समाजका महापुरुषहरुलाई  


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

 

सुबास बस्नेत, नयाँ दिल्ली ,१६ भदौ ।

 “हाम्रो स्वाभिमान ट्रस्ट” (हरिद्वार)ले पछिल्ला केहि वर्ष देखि दिदै आएको “हाम्रो गौरव अवार्ड”  यस वर्ष मंगलबार राजधानी दिल्लीमा एक भब्य कार्यक्रमका बीच वितरण गरीएकोछ।  स्वामी रामदेव र आचार्य बालकृष्णले “हाम्रो गौरव अवार्ड-२०२२” ले गोर्खा समाजका महापुरुषहरुलाई अवार्डले सम्मानित गरेकाछन।”हाम्रो गौरव अवार्ड” समाजका  विभीन्न  क्षेत्रमा अतुलनिय योगदान पुराउदै आइरहेका शिखर व्यक्तित्वहरुलाइ प्रदान गरिन्छ। यस वर्षको पुरस्कार भारत भरिरहेका गोर्खा समाजका शिर्षव्यक्तित्व र नेपाल बाट पुरस्कृत गरिएकोछ।

यसबर्षको “हाम्रो गौरव अवार्ड”  पाउनेहरुमा १२ जनाको नाम क्रमश: १- पद्मश्री लीलबहादुर क्षेत्री – उपन्यासकार, लघुकथा लेखक , निबन्धकार,  २- पद्मश्री केदारनाथ गुरुङ- लेखक, साहित्यकार, ३- पद्मश्री सानु लामा, लेखक, साहित्यकार, ४- पद्मश्री अनुराधा कोइराला – प्रशिद्द समासेवी, संस्थापक एव अध्यक्ष माइती नेपाल, ५- पद्मश्री काजी सिंह, गोरखा लोक कलाकार, ६- श्री श्याम थापा- अन्तर्रास्ट्रिय फुटबल कोच, एशियाई खेल पदक विजेता – १९७०, मोहन बगान रत्न -२०२२, ७- श्री तारापति उपध्याय – महान लेखक, समाज सुधारक, ८- श्री ललित राइ- वीरचक्र सम्मानित, रक्षा रणनितिक अनुसन्धानकर्ता ९- श्री राजु बिष्ट – साम्सद लोकसभा, एमडी सुर्यरोसनी, १०- इन्दिरा रानामगर, बालअधिकारकर्मी तथा अध्यक्ष बन्दिसहायता नेपाल, ११- श्री विष्णु शर्मा न्यौपाने, सफल ब्यबसायी, १२- श्री मुकेश थापा, अन्तर्रास्ट्रिय ख्याति प्राप्त चित्रकार।

 

साथै  विश्वप्रशिद्द संस्था पतंजली योगपिठ र आईएमई इन्डिया प्रालिले आपसी सम्झौता समेत गरेका छन। भारतबाट नेपाल पैसा पठाउन चाहनेले भारतभरि छरिएर रहेका पतञ्जलि आयुर्वेदका पसलहरुबाट सिधै पठाउन सक्ने भएका छन् । पतंजली र आईएमई इन्डिया प्रालि बीच सस्तो शुल्कमा पैसा पठाउने सम्बन्धमा सम्झौता भएको छ । भारतमा रहेका लाखौ नेपालीहरुलाई नेपाल पैसा पठाउन सजिलो होस् भन्ने उदेश्यले र हुण्डी जस्तो अबैध तरिका बाट पैसा पठाउने परिपाटी बन्द गर्ने उदेश्यले यो सम्झौता गरेको पतंजलीका आचार्य बालकृष्णले बताए। “आईएमईबाट नेपाल पैसा पठाउन अब पतञ्जलिका  पसलमा पुगेमात्र हुन्छ, अव पहिले जस्तो कठिनाई  हुदैन” उनले भने ।

त्यस्तै पतंजली र एभरेस्ट बैंक बीच पनि सस्तो दरमा नेपालमा क्रेडिट कार्ड  सेवा उपलब्ध गर्ने बारे सम्झौता भएको छ।  यस बारेमा सम्झौता पत्र घोषणा गर्दै आचार्य बालकृष्णले नेपालमा क्रेडिट कार्डको सुबिधा कम भएकोले यो सम्झौता गरीएको बताए।

नेपाल र भारत बाट ख्यातिप्राप्त राष्ट्रिय  तथा अन्तर्रास्ट्रिय कलाकारहरुको उपस्थीतिमा हरितालिका तीजको भव्य कार्यक्रम गरीएको थियो।  कार्यक्रममा पतंजली देखि स्वामी रामदेव र आचार्य बालकृष्ण, गोर्खा जनमुक्ति मोर्चाका  अध्यक्ष बिमल गुरुङ, भारत  सरकारका केन्द्रिय मन्त्रि मिनाक्षी लेखि, लोक सभा साम्सद नवनित राणा, भारतका लागि नेपाली साजदुत डा शंकर प्रसाद शर्मा लगाएतका वरिष्ठ व्यक्तित्वको उपस्तिथी रहेको थियो। कार्यक्रम श्रीफोर्ट अडोटोरिएम नया दिल्ली सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend