logo
  • शनिबार, साउन ३० २०८३

माओवादी केन्द्र गुल्मीको सचिवमा थापा मनोनित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन ३१ ।

नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति गुल्मीको सचिवमा अशोक थापा मनोनित भएको छन् । मंगलबार सदरमुकाम तम्घासमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले थापालाई सचिवमा मनोनित गरेको हो ।थापा लामो समयदेखि माओवादीमा क्रियाशिल युवा नेता हुन् । उनले ०५६ सालमा अखिल भारत नेपाली एकता समाज र तत्कालिन नेकपा माओवादीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए । ०५७ सालमा माओवादीको पूर्णकालिन कार्यक्रता भएका थापा ०५८ सालमा पार्टीको जिल्ला कमिटी सदस्य भएका थिए । त्यस्तै ०६३ मा जिल्ला कमिटी सचिवालय सदस्य, ०६६ मा मगरात राज्य समिति सदस्य एवम् हाल लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए ।

सचिव थापाले पार्टीका प्रशासनिक कामलाई चुस्त–दुरुस्त बनाउने, डिजिटल माध्यमबाट पार्टीका काम गर्ने, कमिटी चुस्त बनाउने जस्ता योजना रहेको बताए । माओवादी केन्द्रको विधानमा प्रत्येक जिल्लामा जिल्ला समन्वय समिति रहने र त्यसको पदाधिकारीमा संयोजक र सचिव मात्र रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार थापा सचिवमा मनोनित भएका हुन् ।

पार्टीका जिल्ला समन्वय समिति संयोजकको जिम्मेवारी बुद्धि जिसीले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend