साझा नेटवर्क
सुबास बस्नेत, नयाँ दिल्ली साउन ३० ।
प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको बिस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम लामो समयको अन्तरालमा आइतबार भारतको चण्डीगडमा सम्पन्न भएको छ। बैठकले आठौ केन्द्रिय सम्मलेनको लागि आगामी १९, २० र २१ फरवरी- २०२३ का दिन महाराष्ट्र राज्यमा सम्पन्न गर्ने निर्णय गरेको छ।
“सातौ अखिल भारत सम्मेलन सन् २०१२ मा मध्यप्रदेशको राजधानी भोपालमा सम्पन्न गरेका थियौ । देशमा दुइ ठुला कम्युनिस्ट पार्टीको एकता प्रक्रिया टुंगोमा नपुग्नु, कोभिड महामारीले विस्व नै आक्रान्त हुन् जस्ता बिबिध समस्याले समयमा नै सम्मलेन समन्न गर्न सकेनौ। यो १० वर्षको अवधिमा २ वटा सम्मलेन हुनुपर्ने थियो तर पनि यो बिस्तारित बैठकले आठौ अखिल भारत सम्मलेनको मिति तोकेको छ ।
अव हामि छिट्टै सम्मलेन सम्पन्न पार्ने तयारीमा जुट्छौ। ” संघका केन्द्रिय उपाध्यक्ष नारायण प्रसाद हुमागाईले डिसी नेपाल संगको कुराकानीमा बताए । कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी मुख्य अथितिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा भारत प्रवास इन्चार्ज हरि घिमिरे विशेस अथितिको रुपमा कार्यक्रमलाइ सम्बोधन गरेका थिए ।
विशेस कारणवस उपस्थिथि हुन् नसकेको बताउदै नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमाले महासचिव शंकर पोख्रेलले समेत वर्चुअल माध्यमबाट कार्यक्रमलाइ सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै ओलीले प्रवासी नेपालीहरुले पुराएको योगदानको उच्च सम्मान गर्दै आगामी मंगसिर -४ मा हुने संघ र प्रदेशको निर्वाचनमा सहभागी भएर नेकपा एमालेका उमेद्वावारलाइ जिताउन समेत आवाहान गरेका थिए। साथै अहिलेको सरकार नालाएक र असक्षम भएकोले आगामी नेतृत्व नेकपा एमालेले नगर्नेहो भने देश बर्वादीको तर्फ जाने समेत उनले बताए ।
१३ र १४ अगस्त, २०२२ मा भारतको चण्डीगडमा आयोजित बिस्तारित बैठकमा केन्द्रिय सदस्य, विभीन्न राज्य बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव टिका पौड्यालले संचालन र केन्द्रिय सचिव छवि भट्टराईले सहसंचालन गरेका थिए ।
बैठकले आठौ अखिल भारत प्रवासी नेपाली सम्मलेनको लागि अध्यक्ष लोकनाथ भण्डारीको अध्यक्षतामा २०१ सदस्यीय आयोजक समिति गठन गरेको छ। कार्यक्रम पंजाव, हिमान्चल, चण्डीगड संयुक्त राज्य समितिको ब्यबस्थापनमा चण्डीगडमा सम्पन्न गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend