साझा नेटवर्क
काठमाडौं, ४ साउन । काठमाडौं क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु सँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन्। युवाहरु अवसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले राजनीति विकृति र विसंगति बिरुद्द बुलन्द आवाज उठाउदैं आगामी हुन गईरहेको संघीय सांसदमा चुनाब लड्नु पर्ने बाध्यता रहेको चन्द बताउछन।
मुलुक रुपान्त्रणको लागि प्रमुख तीन एजेण्डा आवश्यक पर्छ। जसमा शिक्षा, स्वास्थ्य र आर्थिक सम्वृद्धिहरु नै तर यसलाई कसरि इम्प्लिमेण्ट गर्ने भन्ने गहन विषय हो। गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकतामा पर्दछन। ‘शिक्षा र स्वास्थ्य निःशुल्क दिनु राज्यको दायित्व हो तर भ्रष्टाचारि भएको मुलुकमा स्वतन्त्रा धेरै दिन टिक्दैन भने जस्तै हाम्रो पहिचाननै गुम्ने स्थितिमा मुलुकलाइ अहिलेका राजनीतिक दलहरुले पुर्याउन लागेको हुँदा पनि उनको उम्मेद्वारी सहि रहेको सुर्य चन्द बताउछन। चन्दले स्वदेशमा उद्योगधन्दा सञ्चालन गरी रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी दिएर आर्थिक सम्वृद्धिको ढोका खोल्ने बताए।
नेपालमा कार्यपालिका देखि न्यायपालिका सम्म विश्वास गुमाउदै गएको अवस्थामा समाजमा बढ्दो विकृति-विसंगति, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन उनले भने,’। मुलुकका हरेक ठाउँमा बिकृति र विसंगतिहरु मौलाएका छन्, सडक देखि सदन सम्म भ्रष्टाचारको जालो फैलिएको छ। जनताहरुमा जनचेतनाको कमि छ। क्षणीक फाइदा, केहि आर्थिक प्रलोभन र सामान्य खानेकुरामा बिक्ने नेपाली समाज जहिले सम्म रहन्छ तब सम्म हाम्रो मुलुक न राम्रो नेता पाउँछ न बिकशित मुलुकको खाका तयार पार्न सक्छ त्यसैले सर्बप्रथम हामीले मतदाताहरुको चेतना स्तरमा बृदी ल्याउनु पर्ने उनको ठम्याइ छ।

चन्द भन्छन मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो । मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।
लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा-भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बिकृति र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend