साझा नेटवर्क
काठमाडौं : ट्रान्सजेन्डर समूहको कथावस्तुमाथि चलचित्र ‘गुलाबी’ निर्माण हुने भएको छ । निर्देशक समुन्द्र भट्टले निर्देशन तथा निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा नायक नाजिर हुसेन अनुबन्धित भएका छन् ।
निर्माण कम्पनी द स्काई ओसन इन्टरटेनमेन्ट र अभिनेता हुसेनबीच अनुबन्धन सम्झौतामा हस्ताक्षर भएको छ । नाजिरले ट्रान्सजेन्डर व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् भने उनको जोडीको खोजी भइरहेको छ ।
चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समेत रहेकी भट्टले भन्छिन, हाम्रो नेपाली ‘समाजमा तेस्रो लिंगी समुदायलाई हेरिने दृष्टिकोण परिबर्तन भई सकारात्मक हुनुपर्छ भन्ने सन्देश दिन फिल्म निर्देशन तथा निर्माण गर्न लागेकी हुँ, उनीहरुलाई मानवीय रुपमा व्यवहार गर्नु जरुरी छ ।’ ट्रान्सजेन्डरहरुले समाजमा भोगेका यथार्थ घटनामा आधारित चलचित्र निर्माण गर्न अहिले निर्माण पक्ष मेहनतका लागेको छ।
भदौ २१ गतेदेखि छायांकन सुरु हुने फिल्मको लागि नाजिर बाहेकका अन्य कलाकारको अडिसन सुरु हुँदैछ । अर्को एक प्रमुख भूमिकामा विशाल पहारी पनि अनुबन्धित भइसकेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend