logo
  • शनिबार, भाद्र २० २०८३

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ हुने आबेदन फारम खुल्ला


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं, असार २७ ।
क्रियटिभ ईन्साइट मिडिया प्रालि र रोज शिप बिकाश तालिम केन्द्रको संयुक्त प्रस्तुतिमा बिगत १ बर्ष देखि हुदैं आएको नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ” दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” यस बर्ष पनि हुने भएको छ।
सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ समेट्दै अवार्ड गर्न लागिएको रोज शिप बिकाश तालिम केन्द्रको अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी कारंजितले जानकारी गराउनुभएको छ।

सौन्दर्यकला क्षेत्र अहिले हरेक व्यक्तिको लागि अपरिहार्य भैसकेको हुँदा नेपाली सौन्दर्यकला ब्यबसायलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउन तथा सौन्दर्यकर्मीहरुको पेशालाइ सम्मान गर्दै उनीहरुको काम र व्यक्तित्वलाइ निखार्दै नेपालमा बढदै गईरहेको सौन्दर्यकला प्रतिको लगावलाइ ब्यबस्थित गर्ने र पार्लर ब्यबसायहरुलाई छुट्टै उचाइमा पुर्याउन र ब्युटिसियन अवार्डको महत्वलाइ अझ फराकिलो बनाउदै सम्पुर्ण सौन्दर्यकर्मीहरुको मनोबललाइ उच्च बनाइ पार्लर तथा कस्टमेटिक ब्यबसायलाइ उधोगको रुपमा स्थापना गर्ने हेतुले यस अवार्ड आयोजना गर्न सुरु गरिएको हो।

अवार्डमा सौन्दर्यकला क्षेत्रमा उच्च योगदान पुर्याएका सौन्दर्यबिद, सौन्दर्यकर्मी, समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने सौन्दर्यकला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

“दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक सौन्दर्यकर्मी, पार्लर, कस्टमेटिक ब्यबसायी, फेसन मोडल तथा फेसन तथा बुटिक ब्यबसायीहरुले काठमाडौंको रविभवनमा रहेको रोज शिप बिकाश तालिम केन्द्रको कार्यालयमा फारम भर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend