साझा नेटवर्क
उद्धव मगर, कतार असार २७।
कतार नेपाली एकता समाजले प्रथम राष्ट्रिय परिषद भेला सम्पत्र गरेको छ । गत शुक्रवार सम्पन्न भएको कार्यक्रममा समाजका अध्यक्ष विष्णु थापाको अध्यक्षता रहेको थियो । अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव लुमाकान्त पून मगर प्रमुख अतिथी रहेका थिए ।
नेपालबाट आमन्त्रित प्रमख प्रशिक्षक रा.ज.मोे. अध्यक्ष चित्र वहादुर के.सी प्रशिक्षक प्रगतीशिल लेखक अध्यक्ष समीर सिंह अतिथी कतार नेपाली एकता समाजका महासचिव खिम बूढा मगर कोषाध्यक्ष लक्षमण कोइराला, केन्द्रिय सदस्य हुमाकान्त आचार्य, केन्द्रिय सदस्य कमल आचार्य, जानुका बस्नेत (खड्का) युगदरर्शन साप्ताहिक पत्रकार उद्धव मगर लगायत अतिथि रहेका थिए ।
विधिवत उद्घाटन गरिएको कार्यक्रममा समाजका सचिव राम प्रसाद पराजुलीको सञ्चालन तथा केन्द्रीय सदस्य मिनराज पुन मगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जुम भर्चुअल मार्फत समसामूयिक विषयमा प्रशिक्षण रा.ज.मो अध्यक्ष चित्र वहादुर केसीले दिएका थिए भने दर्शनको विषयमा प्रगतीशिल लेखकका अध्यक्ष समीर सिहले प्रशिक्षण दिएका थिए ।
प्रथम राष्ट्रिय भेलामा राजनितिक प्रतिवेदन समाजका अध्यक्ष विष्णु थापाले प्रस्तुत गरेका थिए भने सांगाठानिक प्रतिवेदन समाजका महासचिव खिम बुढा मगरले प्रस्तुत गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend