logo
  • शनिबार, भाद्र २० २०८३

पवनदीप र अरुनिताको पहिलो नेपाली गित शिखर सन्तोषको संगीतमा आउँदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

काठमाडौं २२ असार ।

लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् ।

गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने गीतको बोल अहिले गोप्य राखिएको छ । नेपालीबजार ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर  रहेको छ ।

अरुनिताले पनि पहिलो पटक नेपाली गीत गाएकी हुन् । पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचनाकार भने एस.पी सापकोटा रहेका छन्। स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायिका लता मंगेस्करको नेपाली गित “बाँचुन्जेलीलाई” मा समेत संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend