साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ ३१ ।
यस वर्षको वडादसैमा गायक रामचन्द्र चन्दले छुट्टी नयाउपने भएका छन् । यो उनको वास्ताबिक नभई कल्पना रेग्मीको यसवर्षको दसै बिशेष गितमा उनले छुट्टी नपाएको कथा बस्तुमा तयार भएको गितमा छुट्टी नपाएका हुन । वडादसै भन्दा पनि देस र जनताप्रतिको जिम्मेवारीमा रहेका सेना प्रहरीको जागिरमा रहेकोले वडादसै भन्दा देसको मायाँ वढी भएको कथा बस्तुमा तयार भएको गितमा उनिले छुट्टी नपाएको कथा भाव गितमा समाबेश भएको छ ।

हिन्दु नेपालीहरुको महान पर्व वडादसै नजिकिदै गर्दा बजारमा दसै सम्बन्धी गितहरुले स्थान पाउन थालेका छन् । हिन्दु धर्मालम्वीहरुले वडादसैलाई महान पर्व को रुपमा मनाउने गर्दछन् । वडादसैमा सके सम्म घरबाहिर रहेका आफन्तहरु घर फर्कने गर्दछन् । यस वर्षको वडादसैलाई मध्यनजर राखेर लोकप्रिय गायक रामचन्द्र चन्दर कल्पना रेग्मीको दसै गित “छुट्टी पाइन म” सार्वजनिक भएको छ ।
महान पर्व वडा दसैमा पनि छुट्टी नपाउनु र श्रीमतीले दुई दिनलाई भएपनि छुट्टी मिलाउन गरेको आग्रहको कथा बस्तुमा गित तयार भएको गायक चन्दले बताए । महान पर्वमा घर आउने सबैलाई मन हुन्छ तर जागिरको बाध्यताले गर्दा घर नआउन पाएको कथाभाव उक्त गितमा रहेको छ । श्रीमानले देसको मायाँले वडादसैमा पनि आउन नपाएको र श्रीमतीले दुईदिन भएपनि सगै दसै मनाउने कथा बस्तु गितमा राखिएको गितकार कल्पना रेग्मीले बताइन ।
सेना प्रहरीको जागिर भनेको बेला छुट्टी नपाउनु र देस र जनताको रक्षात्र्थ खाएको जागिरको बाध्यताले दसैमा छुट्टी नपाउनुको पिडालाई गितमा रहेको छ । गितमा गायक रामचन्द्र चन्द र गायिका पुर्णकला बिसिको सुमधुर स्वर रहेको छ भने कल्पना रेग्मीको शब्द हुम गैरेको लय रहेको गित बिशाल फिल्मम् प्रालिले बजारमा ल्याएको छ । गितको म्युजिक भिडियोमा मोडल महेन्द्र गौतम र कल्पना रेग्मीको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend