साझा नेटवर्क
काठमाण्डौं १६ असार
हिजो असार १५ गतेका दिन भलिबल संघ बागमती प्रदेशका संयोजक कुमार राज सुवेदीले पुर्व मध्यमाञ्चल क्षेत्र कमिटीको आयोजनामा हुन गई राखेको भलिबल संघ बागमती प्रदेशको अधिबेशन तथा साधारणसभा बैधानिक छैन भन्दाभन्दै जवरजस्ती समुद्घाटन गरि बन्द सत्र शुरु भएको घोषणा गरेको थियोे।
बन्द सत्रमा कुनै पनि जिल्लाबाट आएका भलिबल खेल प्रतिनिधिलाई केही जानकारी नगराई आयोजक कमिटीले एकपक्षीय रुपमा आफ्नो अनुकुल र फाइदाका व्यक्ति मात्र राखेर बागमती प्रदेश भलिबल संघ घोषणा गर्ने क्रममा भक्तपुर जिल्लाबाट प्रतिनिधिको रुपमा जानू भएका भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तथा भक्तपुर भलिबल संघका उपाध्यक्ष दिपक थापाले आयोजक कमिटीको निर्णय उपर बिरोध गरे पछि सर्वसहमतिमा नयाँ कमिटी गठन गर्ने भनी दिन भरि छलफलको बहाना मात्र गरेर मध्य राति सम्पुर्ण प्रतिनिधिहरुलाई अलपत्र पारी आज बिहान १० बजे सम्मलाई कार्यक्रम स्थगित पारेको भनी सुचना टाँस गरेको थियोे । तर आज बिहान आयोजकले भनेको समयमा १३ वटा जिल्लाका जिल्ला प्रतिनिधिहरु पुर्व निर्धारित समयमा आयोजना स्थलमा पुग्दा दृश्य बेग्लै भयो। पाहुना छ आयोजक छैन।
नेपाली समय यस्तै हो आउला नि भन्दै एक छिन सबै प्रतिनिधिहरु धैर्यता साथ आयोजना स्थलमै बसी रहे।समय नाघ्दै गए पछि आयोजकलाई सम्पर्क गर्दा फोन अफ छ भन्ने थाहा भयो। तै पनि आउला नि भन्दै कुर्दा कुर्दा घडीमा दिनको २ बजी सकेको थियोे ।
सम्पूर्ण प्रतिनिधि साथीहरू भोक प्यासले छटपटाई सकेको अबस्थामा मध्यमाञ्चल भलिबल संघका उपाध्यक्ष दिपक लामा कार्यक्रम आयोजना स्थलमा देखा पर्नु भयो र वहाँ सँग केही कुरा बुझ्न खोज्दा वहाँलाई केही जानकारी नभएको भन्ने थाहा भयो।
यसरी विभित्र जिल्लाबाट आएका प्रतिनिधिहरु खाना बस्नेको केही टुंगो नलाग्ने भए पछि भक्तपुरका प्रतिनिधि दिपक थापाले यसरी भलिबल खेल राष्ट्रिय खेललाई बदनाम गर्नु हुन्न भन्दै जागरुकता देखाए सँगै सम्पूर्ण जिल्लाबाट आएका प्रतिनिधिहरुको मुहारमा बल्ल हाँसो र आशा किरण देखिए जस्तो भयो । अनि भक्तपुर ,काभ्रे ,रामेछाप ,सिन्धुपाल्चोक ,रसुवा,धादिङ ,सिन्धुली ,मकवानपुर दोलखा लगाएता जिल्लाका सम्पूर्ण जिल्ला प्रतिनिधिहरुको सर्व सहमतमा मध्यमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष दिपक लामाको अध्यक्षतामा भलिबल संघ बागमती प्रदेशको अध्यक्ष दिपक थापाको नेतृत्वमा अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष लगाएत १० जनाको कमिटी गठन गरिएको छ।
यसो गर्दै गर्दा पनि पुर्व मध्यमाञ्चल अध्यक्ष माधव के सी र सचिब श्रीराम बोगटी भने अहिले सम्म सम्पर्क बिहीन छन्। सर्व सहमत अध्यक्ष हुनु भएका र १० जना कमिटीका सदस्यहरुले आयोजक माधव के सी र श्रीराम बोगटी उपर यस्तो गैर जिम्मेवारपन र खेलकुदको भावना विपरीत कार्य गर्ने उपर छानबिन गरि कारबाहीको माग समेत गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend