साझा नेटवर्क
काठमाण्डौं,१३ असार।
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको २०३२ साल पुस ६ गते सल्यान जिल्लामा जन्म भएको हो । बाबा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको कोखवाट छैटौं सन्तान तथा जेठो छोराको रुपमा उहाँको जन्म भएको हो । बाबा रामबहादुर सल्यान जिल्ला थारमारे गाउँ पञ्चायतको ३-३ पटक प्रधानपञ्च हुनुभएकाले उहाँ पनि सानैदेखि राजनीतिमा सक्रिय हुनुभएको हो ।
कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मेर २०४८ सालेखि राजनीतिमा प्रवेश गर्नुभएका केसी अहिले भने दाङ जिल्लाको लुल्सीपुरउपमहानगरपालिका ५ का स्थायी वासिन्दा हुनुहुन्छ । अति शालिन र भद्र हिराचन्द्र केसी २०४८ सालमा अनेरास्ववियुमा जोडिदै २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको हो ।
२०५२ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत दाङ घोराई वहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित हुँदै केसी २०५३ सालमा युवा सघं दाङको सह(संयोजकको जिम्मेवारी लिनुभयो। तत्कालीन राप्ती अञ्चल युवा सघं ईन्चार्ज,मध्य पश्चिम युवा सघं प्रमुख, युवा सघं केन्द्रीय सचिवालय सदस्य ,युवासघं केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुँदै तत्कालीन नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य समेतको भुमिका सफलताका साथ निभाउनुभएको छ ।
दाङ जिल्ला सचिवालय सदस्य,क्षेत्रिय कमिटी ईन्चार्ज,आर्थिक विभाग प्रमुख, २०६९ सालमा सगंठन विभाग प्रमुख हुँदै दाङ जिल्ला कमिटी सचिव बन्नुभएका मध्यम परिवारमा जन्मनुभएका हिराचन्द्र केसी राजनीतिमा चतुर खेलाडीका रुपमा मानिन्छन् । राजनिती शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण हिराचन्द्र केसीको विवाह भने २०५६ सालमा रेखा केसीसगँ भएको हो । उहाँका १ छोरा र १ छोरी रहेका छन । पर्ख र हेरको निति अवलम्बन गर्ने केसी २०७४ सालमा दाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वाट निर्वाचित हुनुभएको हो । सानै देखि खरो स्वभावका धनी उहाँ नेकपा विभाजन भएपछि नेकपा एमालेमै रहनुभएको थियो । तर केपी वलीले संविधानविपरीत ससंदको दुई दुईपटक हत्या गरेपछि केपी वली प्रवृत्तिको आलोचना गर्दै विपक्षमा लाग्नुभयो ।
सविधानविपरीत ससंद विघटनसङै केपी वलीले पाटीलाई समेत आफ्नो शर्मा कम्पनी वनाउन थालेपछि त्यहाँवाट विद्रोह गरेर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पाटी गठन गरि एकीकृत समाजवादी पार्टीमा उहाँ लाग्नुभएको हो । निष्ठाको राजनीतिमा सक्रिय उहाँ हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । विभिन्न आन्दोलनका क्रमा अग्रस्थानमा रहेर नेतृत्व गर्ने हिराचन्द्र केसी आन्दोलन र राजनीति यात्राको क्रममा धेरै चोटी प्रहरी हिरासतमा समेत पर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend