साझा नेटवर्क
कतार, असार ११ ।
“कास्की आदर्शको चाहना सभ्य र सम्बृद समाजको स्थापना” भन्ने मूल नाराका साथ सन २००२ मा स्थापित सामाजिक संस्था, कास्की आदर्श समाज कतारको आठौँ अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट अग्निधर देवकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
समाजका अध्यक्ष हेम बहादुर विक (विक्कि)को अध्यक्षता तथा एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक व्याक्तित्व, जिल्लावासी, कलाकार, तथा पत्रकार लगायतको बाक्लो उपस्थितिको रहेको थियो ।
समाजका उपाध्यक्ष अग्निधर देवकोटाको स्वागत मन्तव्यबाट सुचारु गरिएको कार्यक्रममा प्रमुख अतिथि मुक्तदाले समाजले कतारमा फराकिलो रूपमा सामाजिक कार्यमा संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए । समाजले कतारमा गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्यमा उदाहरणीय रहेको बताए । प्रगति तथा आर्थिक प्रतिबेदनमा उल्लेखनीय कार्यहरु गरिरहेको आफुले पाएको बताउदै मुक्तदाले नयाँ आउने कार्यसमितिलाई बधाई सहित शुभकामना प्रकट गरे ।
कार्यक्रममा ७ हजार ९ सय ४७ रियाल समाजको कोषमा रकम बचत रहेको आयव्यय सहित कार्य प्रगती विवरण सचिव अमृत विश्वकर्माले पेस गरेका थिए । कतारमा रहेका विभिन्न स्थानिय कलाकारहरूले प्रस्तुति दिदै कार्यक्रमलाई साङ्गितिक माहोल बनाएका थिए । समाजमा योगदान गरेका विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरूलाई सम्मान समेत गरिएको थियो ।
सभापति विकले कार्यक्रम सफल बनाउन विभिन्न तह तप्काबाट साथ सहयोग गर्ने र आफ्नो कार्यकाल भरि सहयोग गर्ने सबैप्रति धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरेका थिए । कार्यक्रममा सहसचिव सन्तोष तिमील्सिना र सचिव अमित विश्वकर्माले सहजिकरण गरेका थिए ।
नव गठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरज रानाभाट, उपाध्यक्षमा अमृत विश्वकर्मा र गोविन्द बराल, सचिवमा सन्तोष तिमील्सिना, सह-सचिवमा विष्णु प्रसाद तिमील्सिना, कोषाध्यक्षमा केशु गुरुङ र सह-कोषाध्यक्षमा वसन्त श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरूमा पुष्पराज तिमिल्सीना, रामदास भुर्तेल, राजकुमार विक, रामकृष्ण भण्डारी, तुलसी रानाभाट, जित बहादुर गुरुङ र कृष्ण भण्डारी रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक आश बहादुर गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend