logo
  • शनिबार, भाद्र २० २०८३

जिफन्ट कतारको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार असार ११ ।
श्रमिकका समस्या र कतारको श्रमिक कानुनमा सुधार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समूह कतारको आयोजनामा कार्यबाहक अध्यक्ष समुन्द्र खड्काको अध्यक्षता र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
आर्थिक सचिव बिन्दा लामाले स्वागत मन्तव्य राख्दै औपचारिक सुरु भएको कार्यक्रममा कतारमा रहेका बैचारिक, सामाजिक तथा विभिन्न क्रियासिल संघ संस्थाहरुबाट प्रतिनिधित्व रहेको थियो । नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समूहले कतारमा रहेका श्रमिकका समस्याका बारेमा बुँदागत समस्याहरुको बारेमा उपस्थित संघ सस्थाहरुले आ-आफ्नो सुझावहरु राख्दै मजदुरहरुको समस्या र समाधान गर्नको लागि सबै एकताबद्द भएर जानू पर्नेमा जोड दिएका थिए ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका श्रमिक बिभाग प्रमुख प्रेम चलाउनेले नेपाली श्रमिकका समस्या समाधान गर्नको लागि आफ्नो बिभागबाट चालेका प्रयासहरु बारेमा बताएका थिए । कतारको कानुनको सुधार बारेमा आईटियुसि प्रतिनिधि बिश्वराज नेपाल र प्रवासी नेपाली समन्वय समिति कतार प्रतिनिधि हमिद मुसलमानले जानकारी गराए ।
कार्यक्रममा प्रमुख अथिती श्रेष्ठले आहिले कल्पना गरेका भन्दा पनि नेपाली श्रमिकका फरक खालका समस्या देखा परेको जानकारी गराए । देश वा बिदेशमा रहेका श्रमिकहरुका हितको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको ब्यबस्थाको लागि सबै श्रमिकहरु एकताबद्द भएर लाग्नुपर्ने बताउदै प्रमुख अतिथि श्रेष्ठले जोड दिए । अन्तरक्रिया कार्यक्रम आयोजना गरेर नेपाली श्रमिक सम्बन्धि सान्दर्भिक भनाइ राख्न मौका दिएकोमा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समूह कतारलाई आभार प्रकट गरे ।

जिएसजि कतारका अध्यक्ष शेषराज तिमिल्सिनाले जुम भर्चुअलबाट उपस्थिति सबैलाई धन्यवाद दिदै आफ्नो संस्था सधै नेपाली श्रमिकको पक्षमा उभिएको र आगामी दिनमा पनि नेपाली श्रमिकका आवाज, हक र हितको लागि खुट्टा नकमाउने बताउदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यवहाक महासचिव नवराज शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend