logo
  • शनिबार, भाद्र २० २०८३

बाग्लुङका बिनोदले जापानबाट निकाले ‘आउछु हावा सरी’


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

संगीता कुँवर, जापान भदौ ३१।
बाग्लुङमा जन्मिएर जापानलाई कर्मथलो बनाई लामो समय देखी नेपाली गित संगीतमा सक्रिय रहेका गायक तथा मोडल बिनोद भण्डारीले आफ्नै एल्वम “आउँछु हावा सरी” सार्वजनिक गरेका छन । एल्वममा गायक मेक्सम खातीसँगै गायिका सम्झना भण्डारीको सुमधुर स्वर रहेको छ ।

binodगीतमा लय भने नरेश खातीले बनाएका हुन् । जापानमै छायांकन गरिएको गीतको भिडियोमा भण्डारीकै निर्देशन रहेको छ भने अभिनयमा पनि भण्डारीलाई देख्न सकिन्छ । उनिसँगै अपेक्षा लिम्बुले अभिनयमा साथमा छिन् । इन्द्र भण्डारीले तयार गरेको भिडियाको दृश्यहरु बिष्णु सुवेदीले सम्पादन गरेका हुन् ।

गीतको बजार व्यबस्थापन बसन्त फिल्मस प्रालिले गरेको छ ।  गितले प्रेम सम्बन्धमा रहेका प्रेम प्रेमिकाको तड्पाईका र छिट्टै भेट्ने कुरा समेटेको छ । भण्डारीले आफुले निकै मिहिनेत गरे अनुसार दर्शकले गित रुचाई दिएको बताए । जापानमा सांगितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेका बिनोद आगामी एल्वमको पनि तयारीमा छन ।


भिडियो हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend