logo
  • शनिबार, साउन ३० २०८३

काठमाडौं-४ बाट उम्मेद्वारी दिने तयारीमा पत्रकार तथा समाजसेवी चन्द


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, असार ४ ।
काठमाडौं महानगरपालिका-७ चाबहिलका स्थायी बासिन्दा पत्रकार, कलाकार तथा समाजसेवी सुर्य चन्दले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि गरेका छन् । लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्।
महा-भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्।

निषेधाज्ञाको सुरु देखिनै सडकमा आफै खटिएर दिनरात नभनी दिन दुखि, अनाथ असाहयको सहारा बनेका सुर्य चन्द, राजनीतिमा समेत त्यतिकै सक्रिय व्यक्तित्व हुन् । ‘चन्द’ भन्छन राजनीति आफैमा खराब होइन मात्र व्यक्ति र पद्दति खराब भएकोले हामी राजनीतिक फोहोरको दलदलमा फसीरहेका छौं ।

भ्रस्टचारको भुमरीमा घुमिरहेको हाम्रो समाजलाइ युवा पुस्ताको नयाँ सोच, दायित्व, जोस र जागरले नयाँ नेतृत्वले मात्र निकास दिने उनको ठम्याई छ। हामि संग यथेष्ट जनशक्ति, युवाशक्ति छ र त्यसलाइ सकारत्मक उर्जामा परिबर्तन गर्दै श्रोत र साधनको सहि उपयोगले हामी आफ्नो समाज र मुलुक निर्माण गर्न सक्षम हुनेछौ भन्ने उनको भनाइ छ।

जनचेतनाको कमि, गुण्डाराज, बिदेशीको हस्तक्षेप, नाताबाद र कृपाबाद जस्ता समस्याले गर्दा हामी सधैं गरिबीको रेखामुनि रहेको र रेमिट्यान्सले देशको अर्थतन्त्र धान्छ भन्ने गलत भ्रमले ग्रसित हामिलाइ शिक्षित युवा वर्ग, नयाँ सोच, नयाँ दृष्टि, उर्जाशील नेतृत्वले नेपाल र नेपालीको भविष्य निर्माण गर्न सक्छ भन्ने सोचका साथ संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारि रहेको जानकारी गराएका छन।

२०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बित्रिष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको उनि बताउछन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend