साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी
०१ असार । जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कुल २४ मत खसेको थियो । जसमा गठबन्धनका तर्फबाट प्रमुख काँग्रेसका दोर्ण खत्री, उप–प्रमुख माओवादी केन्द्रका तेजेन्द्र सलामीसहित आठजना सदस्यलाई समान १५-१५ मत प्राप्त भएको छ ।

नेकपा एमालेबाट समन्वय प्रमुखमा उम्मेदवारी दिएका युवराज न्यौपाने, उप–प्रमुखमा उम्मेदारी दिएका रमादेवी पुनसहित आठ सदस्यलाई समान नौ÷नौ मत प्राप्त भएको छ । गठबन्धनको तर्फबाट सदस्यमा उम्मेदवारी दिएका महेश्वर भण्डारीको १४ र एमालेको तर्फबाट सदस्यका उम्मेदवार कृष्ण भण्डारीको १० मत आएको छ । शेर बहादुर विक, सुनिता जिसी कँुवर, शेर बहादुर कुँवर, सावित्रा भण्डारी, विर बहादुर कार्की र निरमाया राना सदस्यमा विजयी भएको सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend