साझा नेटवर्क
काठमाडौँ, भदौ ३१ ।
एक भब्य समारोह बीच सेलिब्रेटी नायक नायिका, गायक गायिका तथा संचारकर्मीहरु बीच रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले गंगबु स्थित बिजी मलको चौथो तलामा बिधिबत रुपमा आफ्नो तेस्रो शाखा बिस्तार गरेको छ ।

अन्त राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले आफ्नो ग्राहकहरुको ध्यानलाई मध्यनजर राख्दै आफ्नो शाखा गोंगबूको बिजि मलमा बिस्तार गरेको हो । विगत एक दशक देखि सुन्धरा स्थित काठमाण्डौ मल तथा सिभिल मलबाट सेवा पुर्याउदै आएको रश्मिलाज फेसियल हाउस एण्ड व्यूटी केयरले आफ्नो तेस्रो शाखा गोंगबूको बिजि मलमा शुरु गरेको हो।
नयाँ बसपार्क नजिकै रहेको सुबिधा सम्पन्न बिजी मल मार्फत आफ्नो सेवा विस्तार गर्न लागेको फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहारको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसका अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र यस्तो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । भदौको ३० गते गंगबुमा रहेको तेस्रो शाखाको बृहत उद्घाटन नेपालका ख्याति प्राप्त सेलेब्रेटि हरुको माझ गरिएको छ ।
नेपालका चर्चित कलाकारहरु नायक भुवन केसी, नायिका रुपा राना, गायक धिरज राई, हास्यकलाकार, नायिका दिपा श्री निरौला, संचारकर्मी तथा अभिनेता सरोज केसी,नायिका जिया केसी, गायिका सहिमा श्रेष्ठ,गायिका तयाह्यान्ग्मा राइ, अभिनेता सुरज प्रजापति, उद्घोषिका तथा मोडल रुषा केसी लगायतका कलाकारहरुले पार्लरको उद्घाटन गरेका थिए ।
साथै उपस्थित अतिथिहरुले नयाँ व्यूटी प्रोडक्ट रश्मिलाज एड्भान्स सनक्रिम लन्च समेत गरेका थिए । यो प्रोडक्ट नेपाली बजारमा एक भिन्न खालको रहेको र सम्पूर्ण ग्राहकहरुले मनपराउने र यसको कुनै पनि साइड इफेक्ट नहुने कुरामा प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठ र रश्मिलाज कम्पनिकी अध्यक्ष रश्मिला श्रेष्ठ बिश्वस्त छिन ।
निकै लामो समयको अनुसन्धान पश्चात यो रश्मिलाज एड्भान्स सन्क्रिम बजारमा आएको हो । प्राय सबै सेलिब्रेटी देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एकमात्र अन्त राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend