साझा नेटवर्क
अनिश शर्मा गेरे, गुल्मी भदौ ३०।
नेपाली काङ्ग्रेस मुसीकोट वडा नम्बर ६ को वडा समितिले आज एक शोक सभा सम्पन्न गरेको छ । वडा कार्य समितिका सभापति लेख नाथ भट्टराइ तथा वडा नम्बर ८ का कार्य समितिका सभापति भोजराज भट्टराइका पुजनिय पिता तारा प्रसाद भट्टराइको निधन भएकोमा दुख ब्यक्त गर्दै मुसीकोट ८ पात्लाकोटमा शोक सभा सम्पन्न गरिएको हो ।
कार्यक्रममा पार्टी मुसीकोट कार्य समितिका उपसभापति धनिश्वर घिमिरेको सभापतित्व रहेका थियो भने शिक्षक संघ इलाका नम्बर ९ का संयोजक तेज बहादुर महत, क्रियाशील सदस्य कृष्ण बहादुुर कार्की लगायतले शोक मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा इलाका सदस्य बिष्णु बहादुर खत्री तथा अनय नेपाली काङ्ग्रेस सम्बद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
मृतकको तस्विरमा माल्यार्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो भने उपस्थित सबैले स्वार्गीय तारा प्रसादले गरेका कामहरुको बारेमा चर्चा परिचर्चा गरेका थिए । पाचौ दिनको पुण्य तिथिको अवसरमा गरिएको कार्यक्रमको सञ्चालन सुवास खत्रीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend