साझा नेटवर्क
ऋषी विश्वकर्मा, गुल्मी जेठ १४ ।
गुल्मीको सत्यवती गाउँपलिका वडा नम्बर-८, भार्सेमा स्थानिय निर्वाचन २०७९ मा नेकपा एमालेका उम्मेदवार होम बहादुर रानाको जित संगै भार्सेमा झन्डै ३ दशक लामो राजनीतिक परिवर्तन संगै युवा नेतृत्वको आगमन भएको छ । बिगत ३ दशक भन्दा लामो समय नेपाली कांग्रेसको किल्ला मानिएको भार्सेमा २०७४ सालको स्थानिय निवाचन देखी २ पार्टि बिच प्रतिस्पर्धा हुँदै आएको थियो ।
२०७४ सालको स्थानिय निर्वाचनमा एमाले बाट युवा उम्मेदवार घन बहादुर काउचा हुनुहुन्थ्यो भने नेपाली कांग्रेसबाट सन्त कुमार थापा बिच प्रतिस्पर्धा भएको थियो । २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा एमाले ३१५ मत लिन सफल भएको थियो भने नेपाली कांग्रेस ३९९ मतका साथ बिजयी भएको थियो।
हालै सम्पन्न स्थानिय निर्वाचन २०७९ मा भने नेपाली कांग्रेसबाट बिष्णु प्रसाद राना नेकपा एमाले बाट होम बहादुर राना साथै मंगोल नेशनल अर्गनाइजेशनबाट ढाका प्रसाद थापाको उम्मेद्बारी रहेको थियो । यसपलिको निर्वाचनमा भने तिन उम्मेदार मध्य एक भार्सेको बिकास परिवर्तन सँगै प्राकृतिक सुन्दर्ता कला सस्कृतिले भरिपूर्ण भार्सेलाई अझै सुन्दर बनाउन एक कुसल जनप्रतिनिधी स्थानिय बासिले रोज्नु पर्ने थियो।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै जनताले आफ्नो अभिमत मार्फत मनपर्ने उम्मेदवारलाई छान्न पाउनु हो । सत्यवती गाउपलिका ८ भार्सेका स्थानिय बासिले नेकपा एमालेका उम्मेदार होम बहादुर रानालाई रोजेका छन । नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद रानालाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार होम बहादुर राना ३ सय ३६ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेको प्यानल नै बिजयी भएको हो । महिला सदस्य कमला काउचा पचभैया दलित महिला सदस्य रिता रम्तेल साथै खुल्ला सदस्य यम बहादुर थापा र सोम बहादुर श्रीस रहेका छन । होम बहादुर नेकपा एमाले गुल्मी को ११ औ जिल्ला अधिबेशनमा निर्बिरोध निर्वाचन भै जिल्ला कमिटी सदस्य समेत रहनु भएका युवा हुन ।
नव निर्वचित होम बहादुर भन्नु हुन्छ प्राकृतिक सुन्दर्ताले कला सस्कृतिले भरिपूर्ण हाम्रो भार्सेलाई अझै सुन्दर बनाउने हाम्रो प्रतिबद्धता रहने छ। यस गाउको बिकास अनी परिवर्तन लागि हामी र हाम्रो पार्टी हाम्रो साथी भाईहरु सधै सकारात्मक सोचका साथ अघी बढ्ने छौ । विशेष गरी शिक्षा, स्वास्थ्य, सडक, खानेपानी पर्यटकीय पूर्वाधारको विकासलाई हाम्रो पहिलो प्राथमिकता रहने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend