logo
  • शनिबार, साउन ३० २०८३

गुल्मेली जनताको अभिभावक बन्छु : मन्त्रि झाँक्री


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

शिव सुवेदी,काठमाडौ जेष्ठ १३ ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मेली जनताकाे अभिभावक वन्न्ने वताएकी छन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मी काठमाडौं सम्पर्क मञ्चले शुक्रबार काठमाडौंमा आयाेजना गरेकाे स्थानीय तह निर्वाचनकाे समिक्षा कार्यक्रममा वाेल्दै मन्त्री रामकुमारी झाँक्रीले आफू गुल्मेली जनताकाे अभिभावक वन्ने वताएकी हुन ।लामाे समयदेखि राजनीतिमा सक्रिय हुँदै सासंद र मन्त्री भएपनि गुल्मेली जनताकाे प्रत्यक्ष जनमतले आफू अभिभावक वन्न आतुर रहेको उनले वताईन । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव समेत रहेकी झाँक्रीले भनिन` म तपाईंहरु पार्टीका नेता कार्यकर्ताहरुसगै गुल्मेली जनतालाई निरास हुन दिदैन ।´ मन्त्री झाँक्रीले आगामी सघंकाे निर्वाचनमा गुल्मीवाट आफू उम्मेदवार वन्ने पक्का भएको दावी गरिन । उनले गुल्मीको विकास र गुल्मेली जनताकाे जिवनस्तर उकास्ने आफ्नो प्रमुख काम भएकाे वताईन । स्थानीय निर्वाचनमा भएका केही कमजोरीलाई सिकाईका रुपमा लिएर आगामि सघं र प्रदेशको निर्वाचनमा जानुपर्ने झाँक्रीकाे भनाइ रहेको छ । विद्रोह गरि पार्टी निर्माण गरेकाे ८ महिनामा पार्टी र चुनाव चिन्हकाे यति धेरै जनताकाे विचमा पुग्न सक्नु र मत लिनु ठुलाे उपलब्धिका रुपमा लिनुपर्ने वताईन । मन्त्री झाँक्रीका अनुसार स्थानीय तह निर्वाचनमा देशका विभिन्न जिल्लामा भएकाे चुनावी गठवन्धन अधिकाशं ठाउमा सफल भएकाे वताईन । कार्यक्रममा केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज गणेश खनाल,केन्द्रीय सदस्य प्रमेश पाेखरेल,शिव सुवेदी,समीर गाैतम,दामाेदर चालिसे, दयाराम पाण्डे,विक्रम जिएम,लक्ष्मण झाँक्री,जनक नेपाली लगायतले जिल्लाकाे स्थानीय तह निर्वाचनको वारेमा रिपोर्टिङ गरेका थिए । कार्यक्रम मञ्चका उपाध्यक्ष विक्रम जिएमकाे अध्यक्षता र सचिव समीर गाैतमकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend