logo
  • शनिबार, साउन ३० २०८३

वर्षमा एक महिनाको तलब सामाजिक कार्यमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हुमाकान्त पोखरेल
गुल्मी, १० जेठ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गका वडाध्यक्ष घनश्याम खरेलले बर्षमा एक महिनाको पारिश्रमिक सामाजिक कार्यमा खर्चिने भएका छन् । सोमबार पदभार ग्रहण गर्दै उनले वर्षमा एक महिनाको पारिश्रमिक वा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्चिने घोषणा गरेका हुन् ।

उक्त रकमबाट विपन्न विद्यार्थीहरुलाई विद्यालय भर्ना गर्ने, शैक्षिक सामग्री जुटाइदिने, उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गर्ने लगायतका शिक्षासँग सम्बन्धित कार्यमा बढी खर्च गर्ने उनको भनाई छ । माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरेलले यसभन्दा पहिले जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई सहयोग एवम् विभिन्न विद्यार्थीहरुको शैक्षिक खर्च व्यहोरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend