logo
  • शनिबार, साउन ३० २०८३

कपिलवस्तुको बाणगंगामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सृजना आचार्य, कपिलवस्तु जेठ ५।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमालेका प्रमुख र उपप्रमुखका उम्मेदवार विजयी भएका छन् ।
एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी चुनाव जिते । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे । दुबै बीच ६ सय ३९ मतको अन्तर छ ।

त्यसैगरी उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन् ।

वाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । कांग्रेसले ४ वटा वडा र माओवादीले एउटा वडा जितेको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend