logo
  • शनिबार, भाद्र २० २०८३

सन्ध्याग्रुप अलखोरले सांस्कृतिक कार्यक्रम संगै सातौं अधिबेशन गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा।
कतारमा सन: २००२ मा स्थापित गौरवशाली सामाजिक संस्था सन्ध्याग्रुप अलखोर कतारको सातौं अधिबेशन संगै विविध सांस्कृतिक तथा साहित्यिक  कार्यक्रम गर्ने भएको छ।
” समाज विकासमा प्रवासीको योगदान ” भन्ने मुल नारालाई लिएर स्थापना गरिएको संस्थाको ‘अल्खोर प्यालेस रेस्टुरेन्ट” को सभाहल अलखोरमा भोलि २० मे २०२२ शुक्रबारका दिन सातौं “अधिबेशन, म्युजिक भिडियो विमोचन,मुग्लानी सौगातको ८३ औ साहित्यिक वाचन डवली तथा विविध सांस्कृतिक कार्यक्रम” गर्न लागेको हो ।

साहित्यक, सांस्कृतिक र खेलकुद गरि ३ बिधालाई समेट्दै अगाडि बढेको ( सन्ध्याग्रुप कतार) संस्थाले कतारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको अध्यक्ष गणेश क्षेत्रीले बताए। कार्यक्रमका लागि कतारमा स्थापित विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थालाई पत्रचार गरिसकिएको र अधिवेशन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संस्थाका सचिव अर्जुन पौडेलले साझा नेटवर्क जानकारी गराए ।

कार्यक्रममा गरिमामय उपस्थिति भई शोभा बढाई दिनुहुनको लागि कतार बासी नेपाली दाजुभाइ – दिदि बहिनीहरुमा आग्रह गरिएको आयोजक सन्ध्याग्रुप कतारले हार्दिक अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend