logo
  • शनिबार, साउन ३० २०८३

भुमिकास्थान वडा २,३,४ अध्यक्षमा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टेकराज थापा,जेठ ०२।
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा कार्यालय २,३,४ वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी भएको छ।
भुमिकास्थानमा वडा नम्बर २ राष्ट्रिय जनमोर्चा बुद्दि बहादुर थापा ५१६ मत लिएर थिए भने  प्रतिद्धन्द्धी सुर्य चिन्हमा  ४९३ मत खसेको थियो  २३ मतले थापाले विजयी हासिल गरेको छन् । भने माओबादी केन्द्रलको  २९५ मत झरेको थियो।
त्यसैगरी भुमिकास्थानमा वडा नम्बर ३ मा राष्ट्रिय जनमोर्चाको उम्मेदवार कृष्ण प्रसाद बन्जाडेले ५७८ मत लिएका थिए भने माओबादी केन्द्रका उम्मेदवार चुरा बहादुर घर्ति मगरले ५६२ मत लिएका थिए।भने सुर्यमा २४७ मत झरेको थियो। राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद बन्जाडेले प्रतिद्धन्द्धी माओबादी केन्द्रलाई १६ मतको अन्तरले पछि पर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै भुमिकास्थान वडा कार्यालय ४ मा पनि बाबुराम पन्थीको को प्यानल विजयी भएको छ। पन्थी यस अघि पनि वडा अध्यक्ष हुन् उनिले ९८५ मत लिएर पुन  अध्यक्षमा निर्वाचित भएका  छन् भने प्रतिद्धन्द्धी माओबादीकेन्द्रका उम्मेदवार कुलराज बन्जाडेले ३३० मत प्राप्त गरेका  थियो पन्थीले भारि मत ६५५ जितेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend