logo
  • शनिबार, साउन ३० २०८३

रेसुङ्गा नगरपालिकामा १२ वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस ८ र एमाले ४ वडामा विजयी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गुल्मी, बैशाख ३१ ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । रेसुङ्गा नगरपालिकाका कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार खिलध्वज पन्थीले ७ हजार ३ सय १ मत प्राप्त गदै अग्रता कायम राख्नुभएको छ । यो समाचार तयार पार्दा सम्म उहाँका उहाँका प्रतिद्धन्द्धि नेकपा एमालेका मेयर पदका उम्मेदवार ईन्जिनियर राजेन्द्रप्रसाद पाण्डेले ६ हजार १ सय ७३ मत ल्याउनुभएको छ । दुई उम्मेदवार बिच १ हजार १ सय २८ को मतान्तर छ ।

उपमेयरमा काँग्रेसकी अमृतादेवी कुँवर ७ हजार २ सय ९२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँकी प्रतिद्धन्द्धि रिता पाण्डेले ६ हजार १ सय ६ मतका साथ पछ्यााई रहनुभएको छ । उहाँहरुबिच १ हजार १ सय ८६ मतान्तर छ । मंगोल नेशनल अर्गानाइजेशनका मेयर उम्मेदवार जानकी पुनले ११ मत, राप्रपाका मेयर पदका उम्मेदवार अनिल कुमार कक्षपतिले ३८ मत, स्वतन्त्र मेयर पदका उम्मेदवार महेश काउछा, रेवती प्रसाद पन्थीको शुन्य मत छ । भने स्वतन्त्र पदका उम्मेदवार बसन्त बस्नेतले १ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै स्वतन्त्रबाट उपमेयर पदकी उम्मेदवार जमुना बस्नेतले खाता खोल्नुभएको छैन । नेकपा (माक्सवादी लेनिनवादी) की उपमेयरकी उम्मेदवार निर्मला पोखरेल राउतले ४२, मंगोल नेशनल अर्गानाइजेशनका उपमेयर उम्मेदवार पदम बहादुर पुनले १५, राप्रपाकी उपमेयर पदकी उम्मेदवार सुसिला कार्कीले ४५ मत प्राप्त गर्नुभएको छ ।

यस नगरपालिकाका ७ वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ । तीन वटा वडामा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १ मा नेकपा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार रामप्रसाद पन्थी विजयी हुनुभएको छ । बाँकी ४ जना वडा सदस्यहरु नेपाली काँग्रेसका विजयी हुनुभएको छ । पन्थी ४७२ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामप्रसाद पन्थीले ४४८ मत प्राप्त गर्नुभएको थियो । २४ मतान्तरले एमालेका पन्थी विजयी हुनुभएको हो ।

वडा नम्बर २ मा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार हिरा बहादुर थापा विजयी हुनुभएको छ । उहाँले ४८२ मत प्राप्त गर्नुभएको थियो । भने थापाका प्रस्तिपर्धी नेकपा एमालेका उत्तम बहादुर कुँवरले ३९० मत प्राप्त गर्नुभएको थियो । ०७४ सालको निर्वाचनमा पनि यसमा वडा काँग्रेस विजयी भएको थियो । वडा नम्बर ३ मा पनि नेपाली काँग्रेस विजयी भएको छ । वडाअध्यक्षमा नेपाली काँग्रेस बाबुराम खत्री ५९० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रस्तिपर्धी नेकपा एमालेका मान बहादुर घर्तिले ४९१ मत प्राप्त गर्नुभएको छ । ०७४ सालको निर्वाचनमा पनि यस वडा काँग्रेस विजयी भएको थियो ।

वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाली काँग्रेसका लिलाधर आचार्य ८७६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धि नेकपा एमालेका चोलाराज शर्माले ५९५ मत प्राप्त गर्नुभएको थियो । ०७४ सालको निर्वाचन यस वडामा नेपाली काँग्रेस र नेकपा एमालेको बराबर मत आएपछि गोलाप्रथा गर्दा एमालेको पोल्टामा परेको थियो ।

भने अहिले काँग्रेस २८१ मतान्तरका साथ विजयी भएको हो । वडा नम्बर ५ को वडाअध्यक्षमा नेपाली काँग्रेसका दुर्गाप्रसाद खनाल ६३२ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रस्तिस्पर्धी नेकपा एमालेका बेदप्रसाद खनालले ३८९ मत प्राप्त गर्नुभएको थियो । ०७४ सालको निर्वाचनमा पनि यस वडामा काँग्रेसले विजयी हासिल गरेको थियो ।

वडा नम्बर ६ को वडाअध्यक्षमा नेकपा एमालेका गनबहादुर गुरुङ्ग ६७१ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका केशब मरासिनीले ५२३ मत प्राप्त गर्नुभएको थियो । ०७४ सालको निर्वाचनमा पनि नेकपा एमाले विजयी भएको थियो । वडा नम्बर ७ को वडाअध्यक्षमा नेपाली काँग्रेसका रामप्रसाद पन्थी (राम्जी) ७१० मतका साथ विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्धन्द्धि नेकपा एमालेका राम बहादुर थापाले ४९३ मत प्राप्त गर्नुभएको छ । ०७४ सालको निर्वाचनमा यस वडामा नेकपा एमाले विजयी भएको थियो ।

वडा नम्बर ८ को वडाअध्यक्षमा नेकपा एमालेका निरञ्जन काउँछा ५९१ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका प्रकाश भलामीले ५१७ मत प्राप्त गर्नुभएको छ । ०७४ सालको निर्वाचनमा यस वडामा नेपाली काँग्रेस विजयी भएको थियो ।

यस्तै वडा नम्बर ९ मा कांगे्रसका वडाध्यक्ष पदका उम्मेदवार ५५६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका नारायण बरालले ५२७ मत प्राप्त गर्नु भएको छ । वडा नं. १० मा कांगे्रसका उम्मेदवार विजयी हुनुभएको छ । जसअन्र्तग कांगे्रसका वडाध्यक्षका उम्मेदवार रामबहादुर बस्नेतले १ हजार ६१ र एमालेका उम्मेदवार पदम प्रसाद अर्यालले ९१६ मत ल्याउनु भएको छ ।

वडा नं. ११ मा कांगे्रसका वडाध्यक्षका उम्मेदवार गुणाखर पाण्डेले ३३७ मत ल्याउनु भएको छ भने नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार खुमबहादुर रानाले ३८१ म्त ल्याई विजयी हुनुभएको छ । वडा नं. १३ मा कांगे्रसका हुमबहादुर बस्नेतले ४०५ मत ल्याई विजयी हुनुभएको छ भने एमालेका उम्मेदवार ढाल बहादुर थापा २५२ मत ल्याई पराजित हुनुभएको छ । अब १२ र १४ को मतगणना चलिरहेको छ । रातिसम्म समग्र रेसुङ्गा नगरपालिकाको मतपरिणाम सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend