साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी बैशाख ३१।
गुल्मीको चन्द्रकोट गाउँपालिका – १ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार घनश्याम खरेलले वडाध्यक्ष विजयी प्राप्त गर्दै नेकपा माओबादीकोे जितको यात्रा सुरु गराएका छन । खरेलले नेकपा एमालेका उमेदवार गोबिन्द बहादुर बलाललाइ दुई तिहाइ भन्दा बढी मतको अन्तरालले पछाडी पार्दै बिजयी भएका हुन ।
खरेलले ५५२ मत ल्याएका छ्न भने एमाले उमेदवार बलालले १८५ मत ल्याएका छ्न । २०७४को निर्बाचनमा खरेललाइ झिनो मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा वलाल निर्वाचित भएका थिए । वडामा सम्पन्न मतगणनाबाट खरेल सहित गठबन्धनका पुरै प्यानल बिजयी भएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसीले अग्रता लिइरहेका छ्न । कुल ८०० मत गणना हुदा ११ मत बदर भएको थियो ।
पछिल्लो परिणाममा केसि ले ५८१ मत ल्याएका छ्न् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले १८१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै बिष्णु प्रसाद भण्डारीले ४६१ मत ल्याएका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार राधीका अर्यालले २०१ मत ल्याएकी छ्न । उनी निवर्तमान उपाध्यक्ष हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend