साझा नेटवर्क
विवश विष्ट,गुल्मी बैशाख २७ ।
नेकपा एकीकृत समाजवादीका सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले सरकारले पाँच वर्षे कार्यकालमा गरेको विकास खर्च पानीमा बालुवा हाले सरह भएको संकेत गरेकी छन । बिहिवार मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्ग ओख्लेदहमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै उनले यस्तो बताएकि हुन ।
उनले प्रतिगामी तत्वलाई पराजय गर्ने उपयुक्त समय आएकोले जनतालाई ठिकसँग पहिचान गरि निर्णय लिन आग्रह गरेकी छन् । उनले नेकपा एमालेको गलत कदमले नै आफ्नो नयाँ पार्टी जन्मिएको बताइन । प्रतिगमनका विरुद्ध, शुसासनका निम्ति गठबन्धन तयार भएको बताएकी छन । उनले शिक्षामा विकास लागि कम्प्युटर शिक्षा, अङ्ग्रेजी माध्यम शिक्षा भनेर अगाडि बढेपनि नेकपा एमालेको सरकारले नगरेको गुनासो पोखिन । गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड गर्दै विद्यार्थीहरुलाई सहजता प्रदान गरिने उनले बताइन । अहिले पाँच बर्षे सरकारले सिर्सेनीमा नमुना बस्ती बनाइएको राम्रो पक्ष भएको तर गृहकार्य नपुगी, दृर्घकालिन सोच बिना बनाइएका कारण सो नमुना बस्ती सदुपयोग नभएको बताइन ।
गुल्मीका विभिन्न ठाउँको उदाहरण दिदै एमाले सरकारले दिगो र भरपर्दो विकास गर्न नसकेको आरोप लगाउदै विकासको खर्च वालुवामा पानी हाले सरह भएको संकेत गरेकी छन् । गठबन्धनका उपाध्यक्ष पदका साझा उम्मेदवार नेकपा माओवादीका मदानेका अध्यक्ष बेगम चन्दले आफुहरुले मनपरी काम गर्न विजयी भएको भन्दै नेकपा एमालेले विपक्षलाई कुनै जानकारी नगराई ५ बर्ष सम्म एकलौटी काम गरेको गुनासो पोखे । हरेक योजनामा कमिसन खाएर हुने कार्यको तितो यथार्थ तोड्दै मदानेमा रोजगार मुलक योजना छनोट गरिने बताए । गरिब दुखि श्रमजिवि तथा दुर्गम गाउँका व्यक्तिहरुको हितलाई केन्द्रमा राखेर जनताको हितमा काम गर्ने, शुसासन काम गरेर तिव्र गतिमा मदानेलाई हाक्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि त्रेलोक्य प्रताप सेन, नेकपा माओवादी केन्द मदानेका अध्यक्ष तथा उपाध्यक्ष उम्मेदवार बेगम चन्द, मदाने १ का वडा अध्यक्ष उम्मेदवार सुशील चन्द लगायतका नेताहरुको सम्बोधन रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस मदाने गाउँपालिका कोषाध्यक्ष विजय चन्द, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सल्लाहकार अग्निधर बोहोरा, नेपाली काङ्ग्रेस प्रदेश सदस्य कमला चन्द, महिला संघकी अध्यक्ष हुमा चन्द, नेपाली काङ्ग्रेस मदाने १ का वडा अध्यक्ष उम्मेदवार सुशील चन्द लगायत वडा सदस्य उम्मेदवार तथा विभिन्न दलका पार्टी प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
नेपाली काङ्ग्रेस मदाने गाउँपालिका सचिव राजेन्द्र विष्टको संचालनमा भएको कार्यक्रममा नेपाली काङ्गेस कार्यबाहाक सभापति पुर्ण बहादुर खत्रीको सभाध्यक्ष तथा एकीकृत समाजवादी गुल्मी सदस्य शिवराज राउतले स्वागत गरेका थिए । वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मदाने गाउँपालिकामा सत्तागठबन्धनमा रहेका पाँच दलीय गठबन्धनका दलहरुबीचमा चुनावी तालमेल छ । जसमा नेपाली काङ्ग्रेसबाट अध्यक्ष पदमा महेन्द्र बहादुर कुँवर र उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट बेगम चन्दको उम्मेदवार रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend