साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी बैशाख २४।
९ असोज २०७७ मा ‘लडेर विकास गर्ने माओवादी जस लिने एमाले’ भनेर नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्यालले गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको कार्यक्रम अभिव्यक्ति दिएका छन्।
त्यति बेला उनी आफ्नो जन्मस्थान गुल्मीको रुरुक्षेत्र गाउँपालिका- ५ बम्घास्थित माओवादी केन्द्रको वडा भेला तथा वाईसियल नेपालको समेतको वडा भेला तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उक्त अभिव्यक्ति दिएका हुन् ।
उनको त्यो अभिव्यक्तिले पूर्व मुख्यसचिव पौडेलले खुलेरै माओवादी केन्द्रको राजनैतिक यात्रा थालनी गरेको प्रतीत हुन्छ। तर उनले हालै भनेका छन्- ‘म कुनै राजनैतिक फोहरि खेलमा लागेर होईन एउटा स्वतन्त्र नागरिकको हैसियतले देशमा माओवादीले ल्याएको परिवर्तनको सही सत्य आकलत गरेको हुँ ।’ नेकपा एमाले नेता प्रदिपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र र जन्मथलोसमेत रहेको त्यस भेगमा माओवादीले लडेर विकास निर्माण ल्याएको उनको भनाई छ । तर, जस भने एमालेले लिँदै आएको उनको आरोप छ ।
उनले भने, ‘सब भन्दा बढी कुप्रचार यही बम्घामा भएको छ । हामी माओवादी लडेर, राज्यसत्तासँग पाैडेजोडी खेलेर साधन-श्रोत ल्याएर यहाँको विकास निर्माणमा काम गर्ने, अनि उही क्या- काम गर्ने कालु मकै खाने भालु भन्याजस्तो, सोशल मिडियामा चोर डाकाहरु भनेर लेख्ने ।’ विकास ल्याउने माओवादी भए पनि एमालेलाई जनताले विश्वास गरेको र प्रतिवादमा उत्रन नसकेको पनि उनको बुझाइ छ । उनका अनुसार यस विषयमा जनताले दुई कारणले प्रतिवादन गर्न सकेका छैनन् ।
कार्यक्रममा उनले भने, ‘अनि तपाईहरुले फेरि त्यहीँ पत्याउने, तपाईहरु प्रतिवाद गर्न नसक्ने । दुई वटा कारणले तपाईहरुले प्रतिवाद गर्न नसकेको हो । पहिलो तपाईहरुलाई प्रशिक्षण थिएन, रुपान्तरणको एजेण्डा बोक्ने मान्छे को हो भन्ने थाह थिएन । तपाईहरु संगठित हुनु भएको थिएन । उनीहरु संगिठत ढंगले प्रतिवाद गर्थे । तपाई एक्ला–एक्लै हुनुहुन्थ्यो । अब तपाईहरुको काम हो त्यस्ता कुरा आउनेवित्तिकै तुरुन्त पार्टी कमिटी बस्ने, सत्य पत्ता लगाउने, विश्लेषण गर्ने, सूचना सही लिने, लिएपछि सूचनालाई कसरी प्रतिवाद गर्ने भन्नेबारे निर्णय गर्ने । ’
उनले अहिलेको व्यवस्था ल्याउने र रुपान्तरणको एजेण्डा बोक्ने पनि माओवादी पार्टी नै भएको ठोकुवा गरेका छन् । उनले कार्यकर्ताहरुसँग प्रतिप्रश्न गर्दै थपे, ‘यो व्यवस्था कसले ल्यायो ? यो व्यवस्थाको वकालत गर्ने को ? यो स्थापित गर्ने को ? समाज रुपान्तरण भनेको त त्यो हो नि ।’उनका अनुसार हिजो समाजमा जुन किसिमको सामाजिक हिसाबले पछाडि परेको वर्ग-समुदाय थियो, जाति थियो, त्यसलाई राज्य सत्ताको मुख्य केन्द्रमा लैजान, त्यसलाई अवसरहरु दिलाउनका लागि लड्ने शक्ति माओवादी केन्द्र नै रहेको थियाे ।
उनले भने, ‘लड्यो र लडेरै स्थापित गर्यो। संविधानमा, कानुनमा, राज्य प्रणालीमा, व्यवस्थामा, त्यसकारण त तपाईहरु प्रतिनिधि भइरहनुभएको छ । हिजो त त्यस्तो थिएन । अधिकारको रुपमा थिएन । भलै कोही नियुक्त भएका थिए भन्लान् नि ।’ नेकपा एमाले र माओवादी एउटै नभएको पनि उनले बताए । उनले भने, ‘तपाईलाई लाग्ला सबै उस्तै-उस्तै हुन् ।
एमाले र माओवादी भन्या उस्तै उस्तै हुन् । यता गए पनि हुन्छ उता गए पनि हुन्छ । तर, होइन । आधारभूत रुपमा फरक छ । आधारभूत रुपमा एजेण्डा बोक्ने विषयमा फरक छ । राज्य प्राणीलको वकालतको विषयमा फरक छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend