साझा नेटवर्क
अलिन खत्री, गुल्मी वैशाख २३।
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा उम्मेदवारहरु मत माग्न घरदैलोमा व्यस्त छन् । उम्मेदवारहरु आ–आफना चुनावी एजेण्डा सहित जनताका घरदैलोमा पुग्न थालेका छन् । रेसुङ्गा नगरपालिकाको वडानम्बर–१ मा (नेकपा) एमालेको तर्फबाट उम्मेदवार रामप्रसाद पन्थी उम्मेदवार बनेका छन् ।
सरकारी सेवाबाट अवकाश भई सामाजिक सेवामा क्रियाशिल थिए । उनी विगत २० वर्षदेखि कर्मचारीबाट अवकाश भई रेसुङ्गा नगरपालिका वडानम्बर–१ मा समाजसेवा गरिरहेका छन् । उनि यतिबेला आफना चुनावी प्रतिबद्धताहरु लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।
सरल र सहयोगी भावना बोकेर समाज सेवामा लागेका पन्थीले आफना प्रतिबद्धताहरु सर्बजनिक गरेका छन् । रेसुङ्गा नगरपालिका वडानम्बर– १ को समग्र विकासका लागि सुशासन, विकास र समृद्धिलाई हाम्रो आधार मानी जनताको जीवनस्तर सुदृढ गर्नका लागि प्रतिवद्धताहरू सार्वजनिक गरेका हुन् ।
१. सडक बालबालिकाको व्यवस्थापनमा काम गरिने छ वडा नं–१ लाई शून्य सडक बालबालिकाको रूपमा व्यवस्थापन गरिने छ ।
२. सुत्केरी गर्भवती महिलाहरूका लागि पोषण कार्यक्रम लागू गरिने छ ।
३. सार्वजनिक जग्गाको एकिन गरी जेष्ठ नागरिकहरुका लागि मिलन केन्द्रको व्यवस्था मिलाइने छ ।
४. मुख्य मुख्य टोलहरूमा निःशुल्क वाईफाईको व्यवस्था मिलाइनेछ।
५. सडकबतीलाई व्यवस्थित गरिनेछ ।
६. आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सिसी क्यामेरा जडान गरिने छ।
७. सूचना केन्द्रको मीलाइनेछ ।
८. नयाको क्षेत्रमा उत्पादनमा आधारित अनुदानको व्यवस्था ।
९. ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइनेछ ।
१०. ज्येष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध ।
११. वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता घरघरमै उपलब्ध गराइने छ ।
१२. खानेपानीलाई नियमित, भरपर्दो र सर्वसुलभ बनाउने व्यवस्था मिलाइने छ ।
१३. युवा तथा महिला रोजगार कार्यक्रम ÷ अभिमूखीकरण तालिम संचालन गरिने ।
१४. विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई अतिरिक्त आर्थिक सहयोग उपलब्ध गराइने छ ।
१५. वडाको विकास निर्माणमा समुदायको आवश्यकता समुदायबाटै एकिन गरी कार्यक्रम अगाडि बढाइने छ ।
१६. व्यापारमा आएको मन्दीलाई निरुत्साहित गर्न गरी व्यापारिक क्रियाकलाप बढाउने खालका कार्यक्रम सञ्चालन गरिने छ । नीजि क्षेत्रलाई
प्रोत्साहन गरिने छ । सानातिना मेला महोत्सवको आयोजना गरी पर्यटकीय आवागनको वृद्धि गरिनेछ ।
१७. सार्वजनिक जग्गाको खोजी गरी वडा कार्यालय आफ्नै निजी भवनबाट संचालनमा ल्याइने छ ।
१८. सार्वजनिक शौचालयको व्यवस्था मिलाइने छ ।
१९. क्रियापत्री भवनको निर्माण गरिने छ ।
२०. रोजगारी सम्पर्क मञ्चको व्यवस्था मिलाइने छ ।
२१. आवश्यकता अनुसार कृषि अणु स्वास्थ्य ड्राइगि दक्ष अर्धदक्ष मानवशक्तिको आपूर्तिको क्षेत्रमा काम गर्न।
२२. ताकिरणबाट माडगी सार नहटाएको ठाउँमा हटाई काला तार राख्ने व्यवस्था मिलाइने छ ।
२३. दूरसञ्चार र केबुलबाट तानिएका अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने काम गरिनेछ ।
२४. बढामा अधुरा रहेका वा गर्न बाँकी निर्माण कार्यहरूलाई प्राथमिकताको आधारमा निर्माण गरिने छ ।
२५. खेलकुद र अनुशासन भन्ने सिद्धान्तलाई पालना गर्दै युवा लक्षित/महिला/दलित लक्षित खेलकूदलाई प्रवर्धन गरिने छ ।
२६. स्थानीय कला संस्कृतिलाई जगेर्ना गर्न आवश्यक कामहरू गरिने छ ।
२७. स्थानीयस्तरमा रहेका मठ, मन्दिरहरूको व्यवस्थापन र सञ्चालन गर्न आवश्यक सहयोग गरिने छ ।
२८. वडाभित्र भएका निजी शौचालय सार्वजनिक शौचालयको सरसफाइबाट उचित व्यवस्थापन मिलाइनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend