साझा नेटवर्क
ज्ञानेश्वर उपाध्याय
मर्चवार , बैशाख २० ।
बैशाख ३० गते सरकारले स्थानीय तहको चुनाव तोकि सम्पुर्ण तैयारी गरेको साथै निर्वाचन आयोगले आचारसंहिता लागू गरेकै बेलामा मर्चवारमा एउटा कार्यक्रममा पुरस्कार स्वरुप चेक हस्तान्तरण गरिएको छ ।
रुपन्देहीको कोटहीमाई गाउपालिका वडा नं ६ र ७को संयुक्त संयोजनको क्रीकेट टुर्नामेन्ट कार्यक्रममा सोही गाउपालिकाका निर्वाचित पुर्ब अध्यक्ष चन्द्रभुषण यादवले पुरस्कार स्वरुप रु. ५०००० को चेक हस्तान्तरण गर्नुभएको तस्बिर सामाजिक संजालमा भाइरल भएको छ ।

निर्वाचन आयोगको आचारसंहितामा प्रस्ट लेखीएको छ, कुनै पनि सामाजिक संस्था ,क्लब वा धार्मिक संस्थालाई कुनै किसिमको नगद व जिन्सी पुरस्कार ,सहयोग नदिने वा दिने भनी घोषणा समेत गर्न नहुने ब्यवस्था हुदाहुदै पनि सो कार्यक्रममा पुरस्कार स्वरुप पचास हजारको चेक हस्तान्तरण गरिरहेको तस्बिर सामाजिक संजालमा समेत राकेश चौधरीको फेसबुक स्टेटस र कमेन्ट मा स्पष्ट लेखी पोस्ट र ट्याग समेत गरिएको छ।
यता सो टुर्नामेन्टको संयोजक सोहन पासीसँग कुराकानी गर्दा गापा अध्यक्ष सँग मेरो ब्यक्तिगत पैसा बाकी थियो र मलाइ सोही अवसरमा उक्त कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गापा अध्यक्ष चन्द्रभुषण यादव ले पचास हजारको चेक दिनु भएको भनी दावी गरेका हुन, जब कुनै पनि ब्यक्तिको ब्यक्तिगत पैसा बाकी रहदा सामुहिक रुपमा सबैको समुपस्थितीमा ताली बजाएर कसैले बक्यौता तिर्दैन हामी सबैले बुझ्न सक्छौं ।
सोही भाइरल तस्बिरमा लगभग २०–३० जनाको उपस्थितिमा साधारण बासिन्दा मात्रै नभइ कोटहीमाई गा.पा. वडा नं ६को निर्वाचित पुर्व अध्यक्ष बिनोद यादबले पनि चेक हस्तान्तरण गरिरहदा ताली बजाएको तस्बिर अहिलेभाइरल बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend