साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ्ग बैशाख १९ ।
राष्ट्रिय जनमोर्चा गल्कोट नगरपालिका वडा नं. ११ रिघाका ग्राम समिति अध्यक्ष वल बहादुर पुनले पार्टि परित्याग गरेका छन् । सोमवार एक अपिल जारी गर्दै पुनले पार्टिको साधारण सदस्य समेत नरहने निर्णय गरेको जनाएका छन् ।
आफु लामो समय देखि कम्युनिष्ट आन्दोलनमा रहेको, २०४४ साल देखि राजमो निकट विभिन्न संगठन र विगत १५ वर्ष देखि रिघा ग्राम समितिको अध्यक्ष रहेको तर पार्टी जनअपेक्षा विपरित कार्यमा संलग्न भएको भन्दै पार्टिबाट अलग भएको घोषणा गरेका हुन् ।
अपिलमा पुनले राजमोमा नरहेपनि शोषित पिडित जनताको हक अधिकार सुनिश्चितताको लागि लागि रहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
अपिल पत्र –
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend