logo
  • शनिबार, साउन ३० २०८३

कपिलवस्तुको बाणगङ्गामा एमालेको घर दैलो कार्यक्रम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सृजना आचार्य, कपिलवस्तु बैशाख १९।
नेकपा एमाले बाणगंगाले उम्मेदवार सहितको घरदैलोलाई सबै वडामा बिस्तार गरेकोमा ५ नम्बर वडाले भने सबैभन्दा पहिले सम्पन्न गरेको छ ।
नगर अध्यक्ष समेत रहनु भएका युवराज पोख्रेल वडा अध्यक्षको उम्मेदवार भएको यस वडामा ५ दिन लगाएर उम्मेदवारहरुले घरदैलो पुरा गरेका हुन ।

सबैका घरदैलोमा पुग्दा जनताहरुमा राम्रो उत्साह छाएको र आफूहरुको उम्मेदवारीहरुलाई जनताले अत्यन्तै सकारात्मक रुपमा लिएको पोख्रेलले बताउनुभयो ।

स्वयम एमाले बाणगंगाके अध्यक्ष पोखरेल वडा अध्यक्षको उम्मेदवार बनेर वडामा आएपछि यहाको विकास निर्माणले उचित महत्व पाउने भन्दै स्थानीय बढी हर्षित देखिएका छन् ।

शालिन र भद्र स्वभाव, उच्च शैक्षिक ज्ञान र बचनका पक्का पोखरेललाई थारु समुदायले समेत राम्रोसंग रुचाएका छन् ।

सो वडामा झण्डै आधा जनसंख्या थारुको रहेको छ । थारुका बीच पोखरेल लोकप्रिय रहेको एमालेका जिल्ला उपाध्यक्ष विश्राम थारुको भनाइ छ ।

मतदाताका बिचमा आफुले बिकास निर्माण र समृद्धिका प्रतिबद्धता जाहेर गरेको भन्दै निर्वाचित भएपछि पूरा गर्नेमा मतदातादाई बिश्वास दिलाएको वताउनु भयो ।

उहाँले जनताको समस्यालाई केन्द्र विन्दु बनाएर काम गर्ने जिकीर गर्नुभयो । ‘म सधै जनताको साथमा छु, जनताको समस्यालाई केन्द्र विन्दुविन्दुमा राखेर काम गर्छु ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend