साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ २९ ।
लोक तथा दोहोरी गायक बैकुण्ठ महतलाई जापानमा भव्य सम्मान गरेका छन् । म नेपाली ग्रुप जापानले आयोजना गरेको तिज महोत्सव २०१६मा नेपालबाट जापानमा सांगितकि प्रस्तुति दिन भएका महत सहित अन्य कलाकारहरुलाई पनि भव्य सम्मान गरेका हुन ।

नेपालबाट जापानमा रहेका नेपालीहरुले आयोजना गरेको कार्यक्रममा गायक महत सहित सुनिता दुलाल, प्रकास कटुवाल लगायतको कलाकारको टोलीले जापानमा १२ वटा स्थानमा भएको कार्यक्रममा सहभागित जनाएका थिए । रुपन्देही समाज जापान, गुल्मेली समाज जापान, गल्कोट समाज जापान, अर्याल समाज जापान, चेन्नेइ साझ २०१६लगायतका कार्यक्रमहरुमा सहभागित जनाएको लोक तथा दोहोरी गायक बैकुण्ठ महतले बताए ।

महोत्सवमा नेपालबाट गएका कलाकारहरुले १७ दिन सम्म जापानमा भएका मेला महोत्सवमा सहभागिता जनाएका थिए । जापनका बिभिन्न स्थानमा भएको कार्यक्रममा त्यहा रहेका नेपालीहरुले गायक महतलाई प्रस्तुति राख्दा राख्दै स्टेजबाटै बोकेरै डुलाएका थिए । उनिहरुले नेपालबाट यहाँ रहदा नेपाल प्रतिको मायाँ र आफनो कला सँस्कृतिको सम्झनाले गर्दा तिज महोत्सवको आयोजना गरेर मनाएको बताए ।

जापानका बिभिन्न ठाउमा भएका कार्याक्रमहरुमा नेपालबाट जापानमा रहेका नेपालीहरुले महोत्सव लम्वाएर कलाकारहरुलाई थप बस्न आग्रह गरेको गायक महतले बताए । जापानमा रहेका नेपालीहरुको आग्रहलाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको केन्द्रिय सम्मेलन रहेकाले पनि उहाँहरुको आग्रहमा बस्न नपाएको महतले बताए ।
जापानमा एउटा ऐतिहासिक कार्यक्रम सम्पन्न भएको आयोजकले बताएका छन् । म नेपाली ग्रुपका संयोजक स्मृति आचार्य, सल्लाहाकारहरु जोन छत्याल दिनेस गुरुङ्गको बिशेष सहयोगमा उक्त कार्यक्रमको आयोजना भएको थियो ।
जापानमा रहुन्जेल सहयोग गर्ने तथा कार्यक्रममा उत्साहपुर्वक सहभागिता जनाउने नेपालीहरु प्रति गायक महतले धन्यवाद दिएका छन् । जापानको कार्यक्रम सकाएर कलाकारहरु नेपाल फर्किएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend