logo
  • शनिबार, भाद्र २० २०८३

राजनितिलाई फोहर फाल्ने कन्टिनियर होइन सेवा र विकाससँग जोड्नु पर्छ


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

bishnu-kumariकाँग्रेस नेत्री विष्णु कुमारी सापकोटा ।
हिज हाम्रा मार्गदर्शक इतिहासहरूले कति सँघर्स गरेर आज हाम्लाइ यो अबस्था सम्म पुर्याउन सफल भएका थिए भन्ने कुरालाइ पुन एक पटक बाहिरि आखा चिम्लेर भित्रि आखाले खोज्ने हेर्ने र बुझ्ने प्रयास गरौँ । अनि मात्र थाह हुन्छ राजनिति के हो भनेर ।

राजनिति एक परिबर्तनको बाहक हो । राजनितिले मान्छेलाइ सँघर्ष गर्न सिकाउछ ।समाजको निर्माण गर्दै बिकासलाइ गतिशील रूपमा अगाडी बढाउन मद्धत गर्दछ । जस्ले मानिसलाइ सुसुप्त अबस्था बाट सक्रिय अबस्थामा पुर्याने काम गर्छ । खोजमूलक कार्यमा सक्रियताका साथ सँलग्न गराउदै आफ्नो हकअधिकार माग्न बोल्न साथै निडर भएर लड्न सिकाउछ ।

राजनितिले नै सेवा र सहयोग भावनाको बृद्धि गराउदै हातेमालो गर्दै अगाडी बढ्न सिकाउछ । मात्र हामिहरूले राजनितिलाइ राम्र सँग बुझ्न र बुझाउन , सदुपयोग र उपभोग गर्न नजानेको हो । जुन बच्चा स्कूल जान मान्दैन , पढ्दैन , अटेरी चोरी चकारीमा सँलग्नछ , ठग बदमास भयो भने त्यसलाइ यो त नेता हुन्छ भन्दै राजिनितिमा सँलग्न गराउछौँ ।

राजनिति र नेतृत्वको उपहास गरिरहेका हुन्छौ । अनि कसरी बन्छ देश राम्रो सबल र बिकशित ? जस्का कारण आज हाम्रो राष्ट्र नै समष्टिगतरूपमा पछाडि परेकोछ । त्यसैले राजनिति एक पबित्र साझा बिचार हो । यसलाइ पबित्र रूपमा बिकसित गर्नु पर्छ । किनकी हाम्रा पढेलेका छोरा छोरीहरू डाक्टर इन्जिनियर मात्र होइन राजनितिज्ञ नेता पनि बन्नु पर्छ ।

हाम्रा तमाम यूवाहरू बिदेशमा होइन स्वदेश मै राख्नु पर्छ । कुनै नेताको ब्यक्ति बिशेष भन्दा पनि समग्र राष्ट्रको चिन्तन मनन् तिर लागौ । एक अर्कालाइ गाली बेइजेती गरेर होइन सल्लाह शुझाब दिन सिकौ । खुट्टा तान्नु भन्दा आड दिने बानीको बिकाश गरौ । म र मेरो भन्नु भन्दा पनि हामी र हाम्रो देश भनौ । भाषण र झुठा आस्वासन होइन , काम गरेर देखाऔँ ।

नाली सफा गर्न नाली भित्र गोलब लगाएर भए पनि हात पसाउनै पर्छ । राष्ट्र लाइ सँबृद्ध र सम्पन्न गराउनका लागी राजनितिलाइ फोहोर फाल्ने क्वान्टिनियर होइन सेवा सहयोग र बिकासको मूल आधार बनाएर अगाडि बढ्नुपर्छ । अनि मात्र बन्छ देश । तब मात्र हुन्छ नेपालीको शिर उचो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend