साझा नेटवर्क
काठमाडौं जेस्ठ १० ।
निकै लामो समयपछि महसुस हुनेगरी भूकम्पको धक्का गएको छ । मंगलबार बिहान १२ बजेर ५४ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि ९ दिनअघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । वैशाख १२ पछि परकम्प आउने क्रम अझै जारी नै रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend