logo
  • शनिबार, भाद्र २० २०८३

एम्वुलेन्स सहयोगार्थ सास्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल, कतार भदौ २८।
दाङ देउखुरी सेवा समाज दोहा कतार द्वारा जिल्लामा एम्बुलेन्स सन्चालनका लागि सहयोगार्थ सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय कलाकारहरुको प्रस्तुति सहित मुस्लिम धर्मावलम्वीहरुको चाड वकर इदको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन भएको हो।
14331691_516322335227854_1992264825_n
सस्थाका अध्यक्ष सुर्य सुबेदिको सभापतित्व रहेको कार्यक्रममा समाज सेवी तथा व्यावसायी उत्तम गुरुङ प्रमुख अतिथि रहेका थिए। कतार नेपाली एकता समाजका सचिवालय सदस्य हेमन्त वाइवा, जन सम्पर्क समिती कतारका सदस्य घनश्याम न्यौपाने, समाजका प्रमुख सल्लाहकार लुमाकान्त पुन वरिष्ठ सल्लाहकार गणेश प्रसाद बन्जाडे, व्यवसायी तथा समाजसेवी माया के.सी., दङाली व्यावसायी तथा समाज सेवी हरि डागी, निम बहादुर भण्डारी, सिटि एक्सप्रेसका प्रतिनिधि उमाकान्त चौधरी, चितवन युवा समूहका उपाध्यक्ष समीर खत्री,युवा संयोजक सगुन राना, समाज सेवी सुभाष थापा, चितवन सेवा समाज कुबेतका अध्यक्ष नवीन लोप्चन विशेष अतिथि रहेका थिए ।

त्यसैगरी गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, सुदुर पश्चिम सेवा समाज उपाध्यक्ष लिला अधिकारी, खस क्षेत्री सेवा समाजका सचिब राम जि खत्री, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, रोल्पा जलजला सेवा समाजका अध्यक्ष बसन्त थापा, नेपाल मगर संघका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, पर्बत युवा सेवा समाजका संरक्षक छबिलाल भट्टराई , धनकुटा सेवा समाजका सह-कोषाध्यक्ष कुमार सुवेदी, समाज सेवा अभीयान रुपन्देहीका सल्लाहकार हुमा पोख्रेल, बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष बलराम जैसी, प्युठान सेवा समाजका सचिबालय सदस्य वीर बहादुर पुन, नव प्रतिभा सास्कृतीक समुहका प्रथम उपाध्यक्ष शुक्र बहादुर पुलामी मगर, बिश्वकर्मा सेवा समाजका सल्लाहकार कृष्ण बिश्वकर्मा, अर्घाखाँची सेवा समाजका सचिब टेकराज थापा, देवचुली कावासोतीका अध्यक्ष मोतिलाल पाण्डे, बाग्लुङ सेवा समाजका उपाध्यक्ष युबराज छन्त्याल, प्रवासी युवा समाजका सस्थापक छम परियार, मितेरी फिल्म सास्कृती समूहका अध्यक्ष रित कुमार श्रेष्ठ, कार्यक्रम सहयोगी श्याम कुमार डागी,साझा नेटवर्क डटकमका प्रधान सम्पादक कुमार अविरल, राप्ती समाचार राष्ट्रिय दैनिकका पत्रकार दिप जङ शाह ठकुरी लगायत अतिथी रहेका थिए ।

कार्यक्रममा दङ्गालि तथा गैर दङ्गालिको उपस्थिति रहेको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर सहिदहरुको सम्झना एक मिनेट मौन धारण समेत गरिएको थियो । सस्थाका उपाध्यक्ष वसन्त राज पुरिले उपस्तिथि सबैलाई स्वागत गर्दै स्वागत मनत्व राखेका थिए ।

कार्यक्रममा जिल्लामा एम्वुलेन्स सहयोगार्थ कार्यक्रमका संयोजकले सो बारेमा जानकारी गराएका थिए । सस्थाका प्रमुख सल्लाहकार लुमाकान्त पुन मगरले एम्वुलेन्स योजनामा अलि ढिलो हुन गएका कारणहरु स्पष्ट पार्दै सस्थाले गरेको सहयोगको गतिविधि बारे जानकारी गराउदै दाङ लगायत अन्य जिल्लाहरुमा सस्थाले गरेको सहयोगको विवरण प्रस्तुत गरेका थिए ।

सोहि अवसरमा रोजगारीको शिलशिलामा कतारमा श्रम गरिरहेका दङ्गालीहरुलाई सस्थाको नया साधारण सदस्यता तथा आजीवन सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमा बोल्दै गोरखा सेवा समाजका अध्यक्ष सुदर्शन भट्ट, रोल्पा जलजला सेवा समाजका अध्यक्ष वसन्त थापा, गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डे, कतार नेपाली एकता समाजका सचिबालय सदस्य हेमन्त वाइवा, मगर संघका शेर बहादुर रोका लगायतका वक्ताहरुले दाङ देउखुरी सेवा समाजले थालेको महान कार्यको प्रसंशा गरेका थिए ।

कार्यक्रममा चर्चित गायक रित कुमार श्रेष्ठले तिम्रै कल्पनामा बोलको गित प्रस्तुत गरेका थिए । सन्चामाया तामाङ्गले नेपालकी छोरी भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरिन । गायक सुदिप पुन मगरले घुम्दै फिर्दै दाङ घोराही आएको बोलको गित गाए, यु एन ग्रुप, नव प्रतिभा सास्कृतीक समूह, दाङ देउखुरी सास्कृतीक परिवार लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

गायिका कमला गुरुङले सान्नानीले झुक्कायो मलाई बोलको गित प्रस्तुत गरिन । त्यसैगरी गायिका शुष्मा पुनले हावा चल्यो सरर बोलको गित गाइन । तेस्तै अन्जना तामाङ, दुर्गा बि सि, दामु न्यौपाने, संगीता बस्याल, अजय परियार, भगवती बस्याल, होम बि सि, राम बाबू बोहोरा, नवीन सुब्बा लगायका कलाकारको फरक फरक बेजोड प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै सभपति सुवेदीले कार्यक्रम भव्य एवम सभ्य रुपमा सफल बनाउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए । दाङ देउखुरी सेवा समाजले संचालन गरेको जिल्लामा एम्वुलेन्स सहयोगार्थ आर्थिक सङ्कलन अभियान अन्तिम रुपमा रहेको बताउदै कर्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको सहजीकरण सस्थाका महासचिव लीलामणि लामिछाने र सास्कृतीक बिभागका सदस्य राजन चापागाईंले गरेका थिए ।


हेरौ कार्यक्रमका केहि झलकहरु।
img_0004

img_0046

img_0045

img_0030

img_0047

img_0051

img_0078

img_0048

img_0050

img_0093

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend